
नेपालमा दशकौंदेखि भारतीय फिल्मले आफ्नो दबदबा बनाइराखेको छ । भारतमा निर्माण हुने प्रायः फिल्म नेपालमा भित्रिएकै हुन्छन् र वर्षमा केही फिल्मले रेकर्डतोड व्यापार पनि गर्छन् । पछिल्लो समय त भारतको प्रान्तीय भाषाको साउथ फिल्मले समेत नेपालमा आफ्नो प्रभुत्व जमाउन थालेको छ । तर, नेपाली फिल्मले आजसम्म भारतका सिनेमा हल टेक्न पनि पाएका छैनन् ।



सुन्दरी प्रतियोगिताको जगमा टेकेर फिल्ममा प्रवेश गर्नेको संख्या ठूलो छ । मिस नेपाललाई त नेपाली फिल्मको हिरोइन जन्माउने कारखाना नै भन्ने गरिन्छ । यो प्रतियोगिताले फिल्म क्षेत्रलाई धेरै अभिनेत्री दिइसकेको छ । तर, मिस नेपालको पृष्ठभूमिबाट आएका एकाधले मात्र फिल्ममा सफलताको उचाईं चमेका छन् । प्रायःले त असफलताको भार थेग्न नसकेर अभिनयबाटै विश्राम लिइसके ।

अभिनेत्री मिरुना मगरले आफूलाई ‘ब्याड टच’ गरेको भन्दै आइतवार फुर्पा तामाङलाई थप्पड हानेको घटना मिलापत्रपछि पनि सेलाउने छाँटकाँट देखिएको छैन । बुधवार फुर्पाले गल्ती स्वीकार गरेर माफी मागेको र मिरुनाले भाई सम्झेर माफी दिएको भन्दै दुवैले हस्ताक्षर गरेको पत्र सार्वजनिक भएको थियो । दुई पक्षबीच सहमति भइसके पनि विवाद भने झन् झन् दन्किँदै गएको छ ।

एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका अभिनेता तथा मोडल पल शाहलाई थुनामै राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन उच्च अदालत पोखराले आदेश जारी गरेको छ । बिहीवार उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत तनहुँ र पुर्वी नवलपरासी अदालतको आदेशलाई नै सदर गरेको हो ।

