Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7753 - 7758 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2020-09-03, बिहिवार

०७५ सालमा प्रदर्शनमा आएको दिनेश राउत निर्देशित तथा सुवास थापा निर्मित फिल्म ‘प्रसाद’ व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल ठहरिएको थियो । यसका गीतसंगीत पनि दर्शकहरुले अत्याधिक रुचाएका थिए । नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत केन्द्रित भूमिकामा रहेको फिल्मले सन्तान नभएपछि दाम्पत्य जीवनमा आउने उतार-चढावको कथा पेश गरेको थियो ।

एजेन्सी, मुम्बई, 2020-09-02, बुधवार

साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार पवन कल्याण बुधवारबाट ४९ वर्षका भएका छन् । २ सेप्टेम्बर १९७१ मा बापतलाको आन्ध्र प्रदेशमा जन्मिएका उनले आफ्नो अभिनय कलाबाट सबैको दिल जितेका छन् । उनी अभिनेतासँगै निर्माता, निर्देशक, गायक र राजनीतिज्ञ पनि हुन् । ‘अक्कड अम्माई लक्कड’ बाट अभिनय करिअर सुरु गरेका उनको पूरा नाम कोनिदेले कल्याण बाबू हो । 

फिल्मीखबर, काठमाडौं, 2020-09-02, बुधवार

कोभिड १९ को संक्रमणबाट बच्न सरकारले चैत ११ गतेबाट देशभर लकडाउनको घोषणा गरेपछि नेपालका हरेक क्षेत्र ठप्प भए । जसले हजारौंको संख्यामा बेरोजगार जन्मायो । ५ महिना लामो लकडाउनले आम मानिसको जनजीवन कष्टकर भएपछि सरकारले साउन पहिलो हप्ताबाट लकडाउन अन्त्य गर्‍यो । यसपछि विभिन्न क्षेत्र सञ्चालनमा आए । तर, फिल्म क्षेत्रमा खुल्न सकेन ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-02, बुधवार

ठूलो लगानीमा निर्माण हुन लागेको नेपाली फिल्म ‘रिभर इन दि मिरर’ बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम) मा छनोट भएको छ । रामकृष्ण पोखरेलले भुटानी निर्देशक टासी ग्याल्क्षेनसँग सहकार्य गरेर निर्माण गर्न लागेको फिल्म यो वर्ष छनोट भएका २२ फिल्ममध्ये एकमा पर्न सफल भएको हो । अक्टोबर ७ देखि १६ सम्म हुने फेस्टिभल यस वर्ष भर्चुअलमार्फत् सम्पन्न हुँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-02, बुधवार

कोरोना भाइरसको महामारी नफैलिएको भए यतिबेला अभिनेत्री रेखा थापा नयाँ फिल्मको छायांकनमा व्यस्त हुने थिइन् । तर, संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि फिल्म फ्लोरमा जान सकेन । सविर श्रेष्ठले निर्देशन गर्ने फिल्ममा उनको जोडीको रुपमा अभिनेता सौगात मल्ल देखिँदैछन् । अब दशैंअघि फिल्मको छायांकन सुरु हुने सम्भावना न्यून छ ।

एजेन्सी, मुम्बई, 2020-09-01, मंगलवार

लकडाउनका कारण लामो समय ठप्प रहेको बलिउड अब लयमा फर्किन थालेको छ । अहिले धमाधम नयाँ फिल्मको घोषणा भइरहेको छ भने केही फिल्मको छायांकन पनि सुरु भइसकेको छ । यसबीच, अभिनेता सैफ अली खानको नयाँ फिल्मको घोषणा गरिएको छ । समीक्षक तरण आदर्शले एक पोस्ट शेयर गर्दै सैफको हरर-कमेडी फिल्म ‘भूत पुलिस’ को घोषणा गरेका हुन् ।

Results : 7753 - 7758 of 23769
Most Visited News (monthly)