Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

४९ वर्षका भए पवन कल्याण, गरिसके तीन बिहे

एजेन्सी, मुम्बई, 2020/09/02
 
साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार पवन कल्याण बुधवारबाट ४९ वर्षका भएका छन् । २ सेप्टेम्बर १९७१ मा बापतलाको आन्ध्र प्रदेशमा जन्मिएका उनले आफ्नो अभिनय कलाबाट सबैको दिल जितेका छन् । उनी अभिनेतासँगै निर्माता, निर्देशक, गायक र राजनीतिज्ञ पनि हुन् । ‘अक्कड अम्माई लक्कड’ बाट अभिनय करिअर सुरु गरेका उनको पूरा नाम कोनिदेले कल्याण बाबू हो । 
 
साउथका सुपरस्टार तथा पोलिटिशियन चिरञ्जीवीका कान्छा भाई रहेका उनी सन् २०१४ मा गूगलमा सबैभन्दा बढी सर्च गर्ने सेलिब्रेटी पोलिटिशियन समेत बनेका थिए । उनले ‘गोकुलामलो सीथा’, ‘सुस्वागतम’, ‘थम्मूदू’, ‘बद्री’, ‘खुशी’, ‘जलसा’, ‘गब्बर सिंह’ जस्ता दर्जनौं हिट फिल्म दिएका छन् । उनको ‘अत्तरिन्तिकि दारिदी’ तेलगुमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको थियो ।  
 
उनले अहिलेसम्म तीन विवाह गरिसकेका छन् । पवन कल्याणको पहिलो विवाह नन्दिनीसँग भएको थियो । यो सम्बन्ध १९९७ देखि २००७ सम्म चलेको थियो । दोस्रो विवाह रेणु देसाईसँग भयो र यो विवाह २००७ देखि २०१२ सम्म मात्र टिक्यो । रेणुका र पवनका दुई बच्चा छन् । यस्तै, उनको तेस्रो विवाह अन्ना लेजहनेवासँग भएका थियो । उनले अन्नासँग सन् २०१३ मा विवाह गरेका हुन् । 
 
उनी एक ट्रेन्ड मार्शल आर्टिस्ट हुन् र करातेमा ब्ल्याक बेल्ट प्राप्त गरेका छन् । उनी कोकाकोला ब्रान्डको विज्ञापनमा काम गर्ने पहिलो साउथ अभिनेता हुन् । यसपछि उनले करोडौं रुपैयाँ अफर हुँदा पनि कुनै कम्पनीको विज्ञापनमा काम गरेनन् । जापानी निर्देशक अकीरा कुरोसावाका फिल्मबाट प्रभावित उनले आफ्नो छोराको नाम समेत उनै निर्देशकको नाममा राखेका छन् ।
Most Visited News (monthly)