Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7765 - 7770 of 23769
फिल्मीखबर, काठमाडौं, 2020-08-31, सोमवार
एजेन्सी, मुम्बई, 2020-08-30, आईतवार

महेश भट्ट निर्देशित फिल्म ‘सडक २’ ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको छ । फिल्ममा आलिया भट्ट, आदित्य रोय कपूर र सञ्जय दत्त मुख्य भूमिकामा छन् । यो फिल्म घोषणाको समयदेखि चर्चामा थियो । सुशान्त सिंह राजपूतको निधनपछि भने सामाजिक सञ्जालमा यो फिल्म बहिष्कारको माग उठेको थियो । ट्रेलरलाई सर्वाधिक डिसलाइक मिल्नु यसैको उपज हो ।

फिल्मीखबर, काठमाडौं, 2020-08-30, आईतवार

अर्पण थापा निर्देशित हरर फिल्म ‘घर’ पछि अभिनेत्री बेनिशा हमालले नयाँ फिल्ममा काम गरेकी छैनन् । लकडाउन हुनुभन्दा अगाडि उनी भारतको मुम्बईमा बसेर फिल्म मेकिङको अध्ययन गरिरहेकी थिइन् । कोरोनाका कारण अध्ययन रोकिएपछि नेपाल फर्किएकी उनी स्थिति सामान्य भएपछि फिल्म ‘झ्यानाकुटी २’ मा काम गर्दैछिन् । यसको अघिल्लो श्रृंखलामा पनि उनी नै थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2020-08-30, आईतवार

कुनै समय लभर ब्वाईको भूमिकामा निकै रुचाइएका चकलेटी अभिनेता राजबल्लभ कोइराला आइतवार आफ्नो जन्मदिन मनाउँदैछन् । लामो समयदेखि अमेरिकामा सपरिवार बस्दै आएका उनलाई जीवन लुईंटेल, रेखा थापालगायत फिल्मकर्मीहरुले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिएका छन् भने दर्शकहरुले फिल्ममा फर्किन आग्रह गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-08-30, आईतवार

विवाह गरेपछि अभिनेत्रीको करिअरले विश्राम लिन्छ भन्ने गरिन्छ । विवाहित अभिनेत्रीप्रति दर्शकको चासो नरहने विश्वासका कारण निर्माता/निर्देशक उनीहरुलाई फिल्ममा लिने हत्तपत्त आँट गर्दैनन् । विवाह गरेका अभिनेत्रीहरु कामविहीन भएका धेरै उदाहरण छन् । तर, यो भीडमा अभिनेत्री स्वस्तिमा खड्का अपवादमा पर्छिन् । विवाहपछि नै उनको फिल्म करिअरले गति लिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2020-08-29, शनिवार

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गएको चैतमा लकडाउन घोषणा गरेपछि फिल्म निर्माण र प्रदर्शन रोकियो । जसले गर्दा कलाकारहरु फुर्सदिला भए । विरलै परिवारसँग घरमा फुर्सदले बस्न पाएका उनीहरुले पाँच महिना लामो लकडाउनमा विभिन्न काम गरेर दैनिकी विताए । कोही भान्सा झिरेर विभिन्न परिकार बनाउन सिके । कतिले भने फिल्म हेरेर दिन काटे । 

Results : 7765 - 7770 of 23769
Most Visited News (monthly)