
चीनबाट संसारभर फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाललाई पनि छपक्कै छोइसकेको छ । दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेको छ । संक्रमणले भयावह रुप लिन थालेपछि गएको हप्ताबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ । तर, संक्रमितको संख्या घटेको छैन । यो अवस्थामा सबैलाई सावधानी अपनाएर घरमा बस्न सरकारले आग्रह गरिरहेको छ ।


साउथ इन्डस्ट्रीका चर्चित अभिनेता विजय सेतुपतिको नयाँ फिल्म ‘लाबम’ को हालै ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा विजयको अपोजिटमा श्रुति हासन देखिँदैछिन् । ट्रेलरलाई दर्शकहरुले निकै रुचाएका छन् । योसँगै विजयको पाइपलाइनमा केही फिल्म छन्, जसको निकै धेरै प्रतिक्षा भइरहेको छ । उनी दीपक सुन्दरराजनले निर्देशन गर्ने एक फिल्ममा पनि काम गर्दैछन् ।

२०७२ सालमा गएको महाभूकम्पपछि मुश्किलले तंग्रिएको नेपाली फिल्म क्षेत्र यतिबेला कोरोना भाइरसको महामारीले थिलथिलो बनेको छ । विगत पाँच महिनायता फिल्म निर्माण र प्रदर्शन भएका छैनन् । सम्भवतः यति लामो समय यसअघि फिल्म क्षेत्रले कहिल्यै विश्राम लिएको थिएन । फिल्म सम्बन्धि सबै काम रोकिँदा यस क्षेत्रमा आश्रित हजारौं बेरोजगार भएका छन् ।

कोरोना भाइरसले संसारभर भयावह रुप लिइरहेको अवस्थामा परदेशमा रहेका नेपालीहरुलाई आफ्नो जन्मथलोको सम्झनाले सताइरहेको छ । धन कमाउने सपनाको भारी बोकेर परदेशिएका अधिकांश युवा-युवतीहरु यो समय परिवारसँग बस्न चाहेका छन् । तर, समय अनुकूल नहुँदा उनीहरु चाहेर पनि स्वदेश फर्किन पाएका छैनन् । यो अवस्था कहिलेसम्म रहन्छ, कुनै टुंगो छैन ।

सेलिब्रेटी पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतम नेपाली फिल्मकी अभिनेत्री बनिसकेकी छन् । डेढ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘अनुराग’ मा उनी लिड अभिनेत्रीको रुपमा थिइन् । बाल्यकालदेखि नै अभिनयमा रुची भएकी उनले विवाहपछि अभिनेत्री बन्ने सपना त पूरा गरिन् । तर, सफलता प्राप्त गर्न सकिनन् । उनको डेब्यू फिल्मले हलमा घुँडा टेकेको थियो ।

