Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भूत पुलिस’ मा सैफ र अर्जुनले भूत समात्ने

एजेन्सी, मुम्बई, 2020/09/01
 
लकडाउनका कारण लामो समय ठप्प रहेको बलिउड अब लयमा फर्किन थालेको छ । अहिले धमाधम नयाँ फिल्मको घोषणा भइरहेको छ भने केही फिल्मको छायांकन पनि सुरु भइसकेको छ । यसबीच, अभिनेता सैफ अली खानको नयाँ फिल्मको घोषणा गरिएको छ । समीक्षक तरण आदर्शले एक पोस्ट शेयर गर्दै सैफको हरर-कमेडी फिल्म ‘भूत पुलिस’ को घोषणा गरेका हुन् ।
 
फिल्ममा सैफसँगै अर्जुन कपूर र फातिमा सना शेखको पनि मुख्य भूमिका रहनेछ । यी तीन कलाकारलाई पहिलो पटक एउटै स्क्रिनमा हेर्न निकै रोचक हुने देखिन्छ । सैफले यसअघि पनि हरर-कमेडी फिल्ममा काम गरिसकेका छन् । अर्जुन र फातिमाका लागि भने यो एक नयाँ अनुभव हुनेछ । पवन कृपलानीले निर्देशन गर्ने फिल्मलाई रमेश तौरानी र अक्षय पुरीले निर्माण गर्दैछन् ।
 
निर्देशक कृपलानीले गएको वर्ष नै यो फिल्मको घोषणा गरेका थिए । उनले फिल्ममा सैफ अली खान, अली फजल र फातिम सना शेखको मुख्य भूमिका हुने जानकारी दिएका थिए । तर, अब अली फजललाई रिप्लेस गरिएको छ र उनको भूमिका अर्जुन कपूरलाई दिइएको छ । फिल्ममा अर्जुन र सैफ भूत समात्ने जोडीको रुपमा हुनेछन् । दुवै फिल्मलाई लिएर निकै उत्साहित छन् ।
Most Visited News (monthly)