
गत वर्षको फागुन दोस्रो साता अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे । काठमाडौंको भैंसेपाटीमा नयाँ घर किनेपछि बैबाहिक जीवनमा बाँधिएका उनीहरु हनिमुन मनाउन निस्कने तयारी गरिरहँदा कोरोनाका कारण देश लकडाउन भयो । यसपछि उनीहरु घरभित्रै बसेर एकअर्कासँग समय विताइरहेका छन् ।

‘स्टार किड्स’ सुहाना थापाले फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । आमा झरना थापाले निर्देशन गरेको फिल्मबाट अभिनय करिअर थालनी गरेकी उनले पहिलो फिल्मबाटै सफलताको सुख प्राप्त गरिन् । फिल्ममा उनको अभिनय पनि निकै रुचाइयो । डेब्यू फिल्मबाटै उनले डि सिने अवार्ड र कामना अवार्डमा नव अभिनेत्रीको अवार्ड समेत उचाल्न सफल भइन् ।

नेपाली फिल्म ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निरिषा बस्नेतले तीन वर्षपछि भारतीय सिरियलमा कमब्याक गरेकी छन् । उनको केमियो भूमिका रहेको सिरियल ‘तेनाली रामा’ को बिहीवार प्रोमो सार्वजनिक भएको छ । जसमा निरिषाको चरित्रचित्रण गरिएको छ । प्रोमोमा भिन्न गेटअपमा देखिएकी उनी यो सिरियलमा चिनियाँ युवतीको भूमिकामा प्रस्तुत छिन् ।

बलिउड अभिनेता सैफ अली खान एकपटक फेरि भिलेनको भूमिकामा देखिने भएका छन् । फिल्म ‘आदिपुरुष’ मा उनले रावणको भूमिका निर्वाह गर्न लागेको भारतीय मिडियाले बताएका छन् । फिल्मलाई ओम राउतले निर्देशन गर्दैछन् । सैफसँग उनको दोस्रो सहकार्य हो । गत वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘तान्हाजी : द अनसंग वारियर’ मा उनीहरुबीच सहकार्य भएको थियो ।

नेपाली फिल्ममा निकै कम जोडीलाई दर्शकहरुले मनपराएका छन् । त्यसमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको जोडी पर्छ । ‘आँप जोडी’ को रुपमा चिनिएका उनीहरुले ‘नाईं नभन्नू ल ४’ बाट फिल्म करिअर एकसाथ सुरु गरेका थिए । यो फिल्ममा उनीहरुको जोडीलाई दर्शकहरुले निकै रुचाए । यसपछि उनीहरुले फिल्म ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ मा एकसाथ काम गरे ।

संसारभर भयावह रुपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि नराम्रोसँग गाँजेको छ । यसको संक्रमण फैलिन नदिन सरकारले चैत पहिलो साताबाट पाँच महिना लामो लकडाउन गर्यो । तर, संक्रमण नियन्त्रणमा आउन सकेन । लकडाउन अन्त्य भएपछि संक्रमितको संख्या दिनहुँ दोब्बरको संख्यामा बढिरहेको छ । यसबाट ज्यान गुमाउनेको संख्यामा पनि वृद्धि भइरहेको छ ।

