
चीनबाट विश्व भ्रमण गर्दै नेपाल भित्रिएको कोरोना भाइरसका कारण विगत सात महिनादेखि नेपाली फिल्म क्षेत्र ठप्प छ । सरकारले लकडाउन घोषणा गरेपछि देशभरका सिनेमा हलमा ताला लाग्यो । प्रदर्शनको तरखरमा रहेका फिल्म कम्प्यूटरको हार्ड डिक्समा थन्किए । छायांकनरत फिल्म अनिश्चितकालका लागि रोकिएका छन् । यो अवस्था अझै कहिलेसम्म रहन्छ, टुंगो छैन ।

‘नोभेम्बर रेन, क्लासिक, प्रसाद’ जस्ता यादगार फिल्मको निर्देशन गरेका दिनेश राउत प्रेमकथामा फिल्म बनाउन खप्पिस मानिन्छन् । उनका फिल्म हेरेर युवापुस्ताका दर्शकले प्रेम गर्न सिकेका छन् । मनछुने ढंगबाट वियोगान्त प्रेमकथा पस्कने खुबी भएका उनी अहिले नयाँ फिल्मको तयारीमा छन् । कोरोनाको महामारीपछि फिल्मको छायांकन सुरु गर्ने तयारी तयारी उनको छ ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि लकडाउन गरेपछि ठप्प रहेको फिल्म क्षेत्र विस्तारै जुरमुराउन थालेको छ । केही दिन अगाडि सात महिनापछि एक कार्यक्रमका बीच फिल्म घोषणा भयो । अन्य निर्माता तथा निर्देशकहरुले पनि सामाजिक सञ्जालको माध्यमबाट नयाँ फिल्मको घोषणा गरिरहेका छन् । यद्यपि, सरकारले फिल्म निर्माणको अनुमति भने दिएको छैन ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु रहस्यमयी बनेको छ । १४ जुनमा आफ्नो अपार्टमेन्टमा मृत भेटिएका उनको परिवारले अभिनेत्री रीया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएको छ । अहिले उनी ड्रग्स मुद्धाका कारण जेलमा छिन् । उनलाई लिएर यतिबेला बलिउड दुई गुटमा विभाजित छ । यस्तैमा केही निर्माता-निर्देशक भने उनको बायोपिक निर्माणमा जुटेका छन् ।

९३औं एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुल्ला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको छ ।

निर्देशक मिलन चाम्सलाई फिल्म बनाउने मेशिन भन्ने गरिन्छ । एउटा फिल्म निर्माण नहुँदै उनले नयाँ फिल्मको घोषणा गरिसकेका हुन्छन् । अहिले उनको पाइपलाइनमा ‘गोर्खा वारियर, बोबी २’ लगायत केही फिल्म छन् । ‘हँसिया’ बाट निर्देशकिय यात्रा आरम्भ गरेका उनले त्यसयता ‘वीर विक्रम, ब्लाइन्ड रक्स, लिलिबिली, बोबी, ह्याप्पी डेज, वीर विक्रम २’ को निर्देशन गरिसकेका छन् ।

