Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7639 - 7644 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2020-10-02, शुक्रवार

पछिल्लो समय नेपाली निर्मातामा सिक्वेल मोह बढ्दो छ । फिल्मलाई ब्रान्डिङ गर्न नपर्ने, प्रचारमा ठूलो लगानी गर्नु नपर्ने, दर्शकको चासो रहने र घरेलु बजारबाटै लगानी उठ्ने सम्भावना बलियो हुने भएकाले अहिले नयाँ फिल्मभन्दा सुपरहिट फिल्मको सिक्वेल निर्माणमा वृद्धि भएको छ । सरकारले छायांकन अनुमति दिएपछि फ्लोरमा निस्कने तयारीमा प्रायः सिक्वेल फिल्म नै बढी छन् ।

फिल्मीखबर, काठमाडौं, 2020-10-02, शुक्रवार

फिल्म ‘चपली हाइट २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी परमिता आरएल राणा शुक्रवारबाट २७ वर्षकी भएकी छन् । २०५० साल असोज १६ गते ललितपुरमा जन्मिएकी उनलाई सामाजिक सञ्जालको माध्यमबाट फिल्मकर्मी तथा दर्शकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । बोल्ड अभिनेत्रीको छवि बनाएकी उनले यसपालीको जन्मदिन बालबालिकाहरुसँग मनाएकी छन् ।

एजेन्सी, मुम्बई, 2020-10-01, बिहिवार

अभिनेता अक्षय कुमारले आफ्नो नयाँ फिल्म ‘बेल बटम’ को छायांकन पूरा गरेका छन् । फिल्मको छायांकन लकडाउनमा सुरु भएको थियो । अक्षयको कामप्रतिको लगाव र छिटो काम गर्ने शैलीका कारण फिल्मको एक महिनामै छायांकन सकिएको हो । उनी अन्य अभिनेताको तुलनामा छिटो फिल्मको छायांकन सक्ने गर्दछन् । र, फिल्म बक्सअफिसमा सफल पनि हुने गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2020-10-01, बिहिवार

दुई दशक अगाडि प्रदर्शनमा आएको तुलसी घिमिरे निर्देशित ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’ निरुता सिंह, उत्तम प्रधान र दीलिप रायमाझीको करिअरका लागि माइलस्टोन सावित भएको थियो । आजका दिन पनि उनीहरुले अभिनय गरेका फिल्मको नाम लिनु पर्दा ‘दर्पण छायाँ’ पहिलो नम्बरमा आउँछ । यसमा उनीहरुको केमेस्ट्री र अभिनय दर्शकहरुले अत्याधिक रुचाएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2020-10-01, बिहिवार

नेपालमा दैनिक ७ जना बलात्कृत हुने गरेको तथ्यांकले देखाउँछ । पछिल्लो समय नाबालिकाको बलात्कारपछि हत्याको घटना बढिरहेको छ । केही दिन अगाडि बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको खबरले हरेक नेपालीलाई स्तब्ध बनाएको छ । निर्मला पन्त, संगीता मण्डललगायत धेरै किशोरीको बलात्कारपछि हत्याका दोषी पत्ता लाग्न सकेका छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-10-01, बिहिवार

नेपालीभाषी बाहुल्य रहेको भारतीय राज्य दार्जिलिङ, सिलुगढी, सिक्किम, कालिङपोङलगायतका क्षेत्रले तुलसी घिमिरे, निरुता सिंह, उत्तम प्रधान, शान्ति ठटाल (नेपाली फिल्मकी पहिलो महिला संगीतकार) जस्ता धेरै सिर्जनाका खानी नेपाली फिल्म क्षेत्रलाई सुम्पिएको छ । कालिङपोङमा जन्मे-हुर्केका अनमोल गुरुङ पनि सम्भावना बोकेका निर्देशक, गायक र संगीतकारमा पर्छन् ।

Results : 7639 - 7644 of 23769
Most Visited News (monthly)