Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अस्कारले माग्यो नेपाली फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2020/09/28
 
९३औं एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुल्ला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको छ । 
 
हरेक वर्ष फ्रेब्रुअरीमा हुँदै आएको अस्कार अवार्ड यसपटक भने कोरोना महामारीका कारण दुई महिना पछाडि धकेलिएको थियो । अर्को वर्षको अप्रिल २५ का दिन लस एञ्जल्सको डल्बी थिएटरमा अस्कर अवार्ड सम्पन्न हुनेछ । महामारीकै कारण अस्करले सहभागिताका लागि केही नियममा पनि परिवर्तन गरेको नेपालको अस्कर कमिटीका अध्यक्ष विमल पौडेलले जानकारी दिए । 
 
अघिल्ला वर्षहरुमा कुनै पनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यसपटक महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेका फिल्मले पनि अस्कारमा सहभागिता जनाउन पाउने अध्यक्ष पौडेलले बताए । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र बुझाउनु पर्नेछ ।
 
 
हलमा प्रदर्शन नभइ सिधै स्ट्रिमिङ साइटमा आएका फिल्मले पनि अस्कारमा सहभागिता जनाउन पाउनेछन् । नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेशनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाँई र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।
Most Visited News (monthly)