Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘लक्ष्मी पूजा’ को ‘जिन्दगी’ गीत सार्वजनिक (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2020/09/28
 
सरकारले कोरोना संक्रमण रोकथामका लागि लकडाउन गरेपछि ठप्प रहेको फिल्म क्षेत्र विस्तारै जुरमुराउन थालेको छ । केही दिन अगाडि सात महिनापछि एक कार्यक्रमका बीच फिल्म घोषणा भयो । अन्य निर्माता तथा निर्देशकहरुले पनि सामाजिक सञ्जालको माध्यमबाट नयाँ फिल्मको घोषणा गरिरहेका छन् । यद्यपि, सरकारले फिल्म निर्माणको अनुमति भने दिएको छैन ।
 
सरकारले फिल्म क्षेत्र सञ्चालनको अनुमति दिएको अवस्थामा फिल्म ‘लक्ष्मी पूजा’ यही दशैंमा प्रदर्शनमा आउने तयारीमा छ । समिर मियाँले निर्देशन गरेको यो फिल्मको सोमवार पहिलो गीत ‘जिन्दगी’ सार्वजनिक गरिएको छ । अस्मिता जुरेली, जयकिशन बस्नेत, नीर शाह फिचर गीतमा माण्डवी त्रिपाठीको स्वर छ भने दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत छ । 
 
सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मलाई शोभित बस्नेतले निर्माण गरेका हुन् । फिल्ममा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ भने सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् । जाहन्वीको शीर्ष भूमिका रहेको फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । फिल्ममा दशैं र तिहारको परिवेश देखाइएको छ । 
 
गीत हेर्नुहोस् :-
 

Most Visited News (monthly)