Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7669 - 7674 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2020-09-25, शुक्रवार

नेपाली फिल्म क्षेत्र सुनसान भएको ७ महिना भइसकेको छ । सम्भवतः यति लामो समय फिल्म क्षेत्रले कहिल्यै विश्राम लिएको थिएन । २०७२ सालको भूकम्पपछि मुश्किलले तंग्रिएको फिल्म क्षेत्रलाई यतिबेला कोरोनाको महामारीले थिलथिलो बनाएको छ । संक्रमणको उच्च जोखिममा पर्ने क्षेत्र भएकाले सरकारले फिल्म निर्माण र प्रदर्शनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-09-25, शुक्रवार

कोरोनाको भयका कारण करीब ५ महिना देश लकडाउन हुँदा एक्सन कटमा रमाउने बानी परेका कलाकारको दैनिकी घरको चारकुनाभित्र सीमित रह्यो । पहिलो पटक यति लामो समय घरमा बस्नु पर्दा उनीहरुलाई छट्पटी भएको थियो । लकडाउन खुकुलो भएपछि भने केहीले विज्ञापन र म्यूजिक भिडियोमा काम गरे । धेरैलाई अब घरभित्रै दिनचर्या विताउनु पर्दैन भन्ने लागेको थियो । 

एजेन्सी, मुम्बई, 2020-09-24, बिहिवार

बलिउडका भर्सटायल अभिनेता नवाजुद्दीन सिद्दिकीबाट लामो समयदेखि अलग बस्दै आएकी उनकी श्रीमती आलियाले बुधवार उनीविरुद्ध मुम्बईको वर्सोवा पुलिस स्टेशनमा गम्भीर आरोप लगाउँदै उजुरी दर्ता गरेकी छन् । त्यसमा उनले नवाजुद्दीनमाथि बलात्कार र ठगीको आरोप लगाएकी छन् । आलियाले बुधवार दिउँसो पुलिस स्टेशनमा एक लिखित उजुरी दिएकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2020-09-24, बिहिवार

२०७२ सालको भूकम्पपछि फिल्म क्षेत्रले आफ्नो गति समात्न लामो समय संघर्ष गर्नुपर्‍यो । केही वर्षयता सब ठिकठाक थियो । तर, चीनबाट विश्वभर भ्रमण गर्दै नेपाल भित्रिएको कोरोना भाइरसको महामारीले फेरि एकपटक फिल्म क्षेत्रलाई थला पारेको छ । विगत ६ महिनादेखि न सिनेमा हल खुलेका छन् न त फिल्म निर्माण नै भएका छन् । अझै कहिलेसम्म यो अवस्था रहन्छ, टुंगो छैन ।

फिल्मीखबर, काठमाडौं, 2020-09-24, बिहिवार

नेपाली फिल्मका दुई उम्दा अभिनेता शिव श्रेष्ठ र सौगात मल्ल दोस्रो पटक फिल्ममा आमने-सामने हुने भएका छन् । निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीको बेनामे फिल्ममा उनीहरुले सँगै काम गर्न लागेका हुन् । यसअघि यी दुईले अभिनय गरेको फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शनको पखाईमा छ । यसमा सौगातको पिताको भूमिकामा शिवले अभिनय गरेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-09-24, बिहिवार

एउटा सत्य के हो भने अभिनेत्री साम्राज्ञी आरएल शाह जति नै विवादित बने पनि उनको नेपाली फिल्ममा माग घटेको छैन । लकडाउनयता उनलाई अफर भएका र साइन गरेका फिल्मले पनि यो कुरा प्रमाणित गर्छ । ‘मारुनी र रातो टीका निधारमा’ को असफलतापछि निराश भएकी उनको पाइपलाइनमा अहिले तीन फिल्म छन् र तिनै फिल्ममा महंगो पारिश्रमिक बुझेकी छन् ।

Results : 7669 - 7674 of 23769
Most Visited News (monthly)