
बुधवार अर्थात् ३० सेप्टेम्बरमा नीरज पाण्डे निर्देशित फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ प्रदर्शनमा आएको चार वर्ष पूरा भएको छ । यो फिल्म सन् २०१६ मा प्रदर्शन भएको थियो । स्वर्गीय सुशान्त सिंह राजपूतको करिअरका लागि माइलस्टोन सावित भएको उक्त फिल्ममा उनको काम निकै रुचाइएको थियो । धोनी र उनको परिवारलाई पनि फिल्म निकै मन परेको थियो ।

गत वर्षको मंसिरमा निधन भएका कलाकार तथा निर्माता केशव भट्टराईले तीन दशक नेपाली फिल्म क्षेत्रमा विताए । तुलसी घिमिरे निर्देशित फिल्म ‘कोशेली’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनले आफ्नो अभिनय करिअरमा २ सयभन्दा बढी फिल्ममा काम गरेका छन् । चलचित्र विकास बोर्डको अध्यक्ष रहँदा निधन भएका उनी त्यसअघि नेपाल विद्युत प्राधिकरणमा कार्यरत थिए ।

नेपाली फिल्ममा भविष्य नदेखेर अमेरिका पलायन भएका अभिनेता सुवास थापा करीब ६ वर्ष अगाडि फिल्म ‘बिर्खेलाई चिन्छस्’ मा देखिएका थिए । उनलाई यही फिल्मले ‘बिर्खे’ को रुपमा पहिचान दिलाएको थियो । अमेरिका पलायन भएपछि नेपाली फिल्ममा नदेखिएका उनी अब अभिनयमा फर्किएका छन् । अमेरिकामा निर्माणाधिन एक अंग्रेजी फिल्ममा उनले अभिनय गरेका छन् ।

नेपाली फिल्म क्षेत्र ७ महिनादेखि विश्राममा छ । कोरोनाको महामारीबाट बच्न सरकारले लकडाउन गरेपछि देशभरका सिनेमा हल बन्द भए । प्रदर्शनको तयारीमा रहेका फिल्म र छायांकनरत फिल्म अनिश्चितकालका लागि रोकिएका छन् । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं श्रमजीविको रोजीरोटी गुमेको छ भने निर्मातादेखि हल सञ्चालकसम्मको करोडौंको लगानी जोखिममा परेको छ ।

अभिनेत्री सारा अली खानले दिवंगत अभिनेता सुशान्त सिंह राजपूतसँग ब्रेकअप गर्नुको कारण विश्वासघात रहेको बताएकी छन् । ड्रग्स मामलामा शनिवार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) सँग सोधपुछको क्रममा उनले फिल्म ‘केदारनाथ’ को छायांकनको क्रममा आफूहरु एकअर्काको प्रेममा डुबेको तर केही महिनापछि अर्थात् २०१९ को जनवरीबाट अलग भएको बताएकी छन् ।

मौलिक फिल्म निर्माणलाई प्रोत्साहन गर्न चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’ स्थापना गरेको छ । सरकारले यस वर्षको बजेटमा मौलिक फिल्म निर्माणलाई प्रोत्साहन गर्ने घोषणा गरेको थियो ।

