Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7633 - 7638 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2020-10-04, आईतवार

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाले दोस्रो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘ए मेरो हजुर ४’ को कोरोनाका कारण छायांकन पूरा हुन सकेको छैन । लकडाउन हुनुभन्दा दुई हप्ता अगाडि सुरु भएको फिल्मको छायांकन लकडाउनपछि स्थगित भएको थियो । निर्माण टिम यही शुक्रवारबाट फिल्मको बाँकी छायांकन थाल्ने तयारीमा थियो । तर, यो सम्भव हुन सकेन ।

फिल्मीखबर, काठमाण्डौ, 2020-10-04, आईतवार

भारतीय कमेडियन कपिल शर्माले सञ्चालन गर्ने ‘द कपिल शर्मा शो’ को फर्म्याटमा सुरु भएको ‘मुन्द्रेको कमेडी क्लब’ ले छोटो समयमा दर्शकमाझ राम्रो क्रेज बनाएको छ । टिभीमा भन्दा यूट्युबमा सर्वाधिक हेरिने यो शो अहिले नेपाली फिल्म प्रचारका लागि पनि गतिलो प्लेटफर्म बनेको छ । यो शोमा फिल्मको प्रचार गरे दर्शकको ठूलो वर्गमा पुगिने विश्वास निर्माता तथा निर्देशकमा छ ।

फिल्मीखबर, काठमाडौं, 2020-10-04, आईतवार

घुम्नका लागि सौखिन अभिनेत्री हुन्, प्रियंका कार्की । नेपालका विभिन्न ठाउँसँगै उनले संसारका धेरै देशको भ्रमण गरिसकेकी छन् । विवाहभन्दा अगाडि श्रीमान् आयुष्मान देशराज जोशीको साथमा स्विजरल्याण्डको भ्रमण गरेकी उनी विवाहपछि भने घरभित्रै सीमित छिन् । किनकि, उनी बैबाहिक जीवनमा बाँधिएको केही हप्तामा कोरोना भाइरसका कारण देश लकडाउन भयो ।

फिल्मीखबर, काठमाडौं, 2020-10-03, शनिवार

शुक्रवार साँझ फेसबुकमा आफ्ना केही तस्विर पोस्ट्याउँदै उनले सुन्दरताको बारेमा लेखेकी छन्, ‘सुन्दरता अनुहारमा छैन, सुन्दरता मुटुको उज्यालो हो ।’

एजेन्सी, मुम्बई, 2020-10-02, शुक्रवार

कोरोनाका कारण गएको ६ महिनादेखि बन्द रहेका भारतका सिनेमा हल अब खुल्ने भएका छन् । भारत सरकारले निर्देशिकाभित्र रहेर १५ अक्टोबरबाट सिनेमा हल खोल्न अनुमति दिएको छ । तर, ५० प्रतिशत दर्शक राखेर मात्र फिल्म देखाउनु पर्नेछ । सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिएपछि अब कुन फिल्म सबैभन्दा अगाडि रिलिज हुन्छ भन्ने प्रश्न उब्जिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-10-02, शुक्रवार

सरकारले सिनेमा हल खोल्न अनुमति दिएको ६ महिनाभित्र प्रदर्शन हुने फिल्मको सर्भर इनकोडिङ चार्ज, हलमा फिल्म रिलिज गर्दा लाग्ने प्रति शोको चार्ज र पोष्टर छपाईको सम्पूर्ण खर्च बोर्डले बेहोर्ने भएको छ ।

Results : 7633 - 7638 of 23769
Most Visited News (monthly)