Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुशान्तकी प्रेमिका रीयामाथि फिल्म बनाउने तयारी

एजेन्सी, मुम्बई, 2020/09/28
 
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु रहस्यमयी बनेको छ । १४ जुनमा आफ्नो अपार्टमेन्टमा मृत भेटिएका उनको परिवारले अभिनेत्री रीया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएको छ । अहिले उनी ड्रग्स मुद्धाका कारण जेलमा छिन् । उनलाई लिएर यतिबेला बलिउड दुई गुटमा विभाजित छ । यस्तैमा केही निर्माता-निर्देशक भने उनको बायोपिक निर्माणमा जुटेका छन् । 
 
सुशान्तको मृत्यु प्रकरणलाई नेशनल तथा इन्टरनेशनल कभरेज मिलेको छ । उनको निधनपछि एकाएक लाइमलाइटमा आएकी उनकी गर्लफ्रेण्ड रीयाको जिन्दगीमा केही निर्माता तथा निर्देशकले फिल्म बनाउन चाहेका छन् । फिल्म र डकुमेन्ट्रीसँगै केही पब्लिकेशन उनीमाथि किताब प्रकाशन गर्ने तयारीमा पनि छ । अहिले उनी ड्रग्स मामलामा अनुसन्धानका लागि जेलमा छिन् । 
 
ड्रग प्याडलिङ मुद्धामा रीयालाई ८ सेप्टेम्बरमा एनसिबीले पक्राउ गरेको थियो । त्यसपछि उनलाई १४ दिनको न्यायिक हिसारतमा पठाइएको थियो । यसपछि अदालतले उनलाई ६ अक्टोबरसम्म हिरासतमा राख्न आदेश दिएको छ । उनका भाई शोभिक पनि अहिले जेलमा छन् । उनीमाथि फिल्म बनेको अवस्थामा उनलाई अझ नजिकबाट चिन्न दर्शकलाई निकै रोचक हुने देखिन्छ । 
Most Visited News (monthly)