Most Recent News Headlines
Results : 7543 - 7548 of 23769

फिल्मीखबर, काठमाडौं, 2020-10-29, बिहिवार
फिल्म ‘कथा काठमाण्डु’ निर्देशन गरेर यौन उत्पीडनका बिषय फिल्मले बोल्नु पर्छ भन्ने सन्देश दिएकी संगीता श्रेष्ठको शर्ट फिल्म 'आइसक्रिम' नेपाल देखी अमेरिका सम्मका विभिन्न फिल्म फेस्टिभलहरुमा छनौटमा परेको छ । अफ्रिकाको 'अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०', अमेरिकाको 'बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल', युकेको 'फस्ट टाइम फिल्ममेकर सेसन्स', इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२० मा यो फिल्म छनोट भइसकेको संगीताले बताईन् ।

एजेन्सी, मुम्बई, 2020-10-28, बुधवार
बलीउडमा इच्छाधारी नागिनको कन्सेप्ट काफी पुरानो हो । ८० को दशकमा श्रीदेवीले नागिन बनेर चर्चित बनेकी थिइन् । अहिले निकै बर्ष पछि उहि ट्रेण्ड फर्केको छ । अभिनेत्री श्रद्धा कपूर ठुलो पर्दामा पहिलो पटक नागिनको भूमिकामा अभिनय गर्दैछिन् ।

फिल्मीखबर, काठमाडौं, 2020-10-28, बुधवार
फिल्मी दुनियाँमा एउटा कहावत छ- ‘फिल्ममा प्रवेश गर्न जति गाह्रो छ, त्योभन्दा गाह्रो टिक्न छ ।’ प्रतिस्पर्धाको युगमा जित हासिल गर्न ठूलो मेहनत गर्नुपर्छ । सफलता र असफलता दुवैलाई आत्मसात् गरेर हिँड्ने आँट र भरोसा हुनुपर्छ । सफलतामा मात्तिने र असफलतामा आत्तिनेले फिल्म क्षेत्रमा लामो यात्रा तय गर्न सक्दैनन् । त्यसैले यो क्षेत्रमा प्रवेश गरेपछि सम्यमित हुन आवश्यक हुन्छ ।

एजेन्सी, मुम्बई, 2020-10-25, आईतवार
साउथ फिल्मका सुपरस्टार महेश बाबूका प्रशंसकहरूको संख्या विशाल छ । प्रशंसकको ठूलो जमातकै कारण उनी दक्षिण भारतीय फिल्म उद्योगका सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने अभिनेता पनि हुन् । उनी अहिलेको समयमा एक फिल्ममा काम गर्नका लागि २० देखि २२ करोडसम्म पारिश्रमिक बुझ्ने गर्दछन् । उनी अभिनीत प्रायः फिल्मले बक्सअफिसमा शानदार व्यापार गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2020-10-25, आईतवार
जब हरेक वर्ष नेपालीहरुको घर आँगनमा घुमिफिरी दशैं आउँछ, तब हामीलाई दशैंका पुराना सम्झनाहरुले सताउन थाल्छन् । खासगरी बाल्यकालका दशैं अनुभवले नतमस्तक बनाउँछ । आज हामी केहि नेपाली कलाकारहरुका बाल्यकालिन दशैँ अनुभवलाई प्रस्तुत गरेका छौँ ।

फिल्मीखबर, काठमाडौं, 2020-10-24, शनिवार
ममी बुबा प्रायः भारतमा बस्नुहुन्छ । त्यसैले अघिल्ला वर्षहरुमा दशैं मनाउन म र बहिनी भारत नै जान्थ्यौं । तर, यसपाली लकडाउनका कारण ममी बुबा नेपालमै हुनुहुन्छ । त्यसैले यसपालीको दशैं जन्मघर कैलालीमा मनाउँदै छु । म गएको बुधवार कैलाली आएको हुँ ।
Most Visited News (monthly)

