
नेपालमा कोरोना भाइरसको महामारी फैलिनुभन्दा अगाडि फिल्म ‘परदेशी २’ को पोखरामा छायांकन भइरहेको थियो । सरकारले संक्रमण रोकथामका लागि चैत पहिलो साताबाट देशभर लकडाउन घोषणा गरेपछि अनिश्चितकालका लागि रोकिएको फिल्मको छायांकन सात महिना वितिसक्दा पनि सुरु हुन सकेको छैन । फिल्मको ५० प्रतिशतभन्दा बढी सिन अझै खिच्न बाँकी छ ।

अभिनेत्री तारा सुतारियाले फेरि एकपटक एक्सन सुपरस्टार टाइगर श्राफसँग काम गर्ने भएकी छन् । फिल्म ‘हिरोपन्ती’ को दोस्रो भागमा उनीहरुको जोडी बाँधिएको छ । यसअघि यी दुई फिल्म ‘स्टूडेन्ट अफ द ईयर २’ मा देखिएका थिए । यो ताराको डेब्यू फिल्म थियो । उनले आफ्नो जन्मदिनको महिनामा ‘हिरोपन्ती’ को दोस्रो पार्टमा जोडिन पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

कोरोना भाइरसका कारण आठ महिनादेखि फिल्म क्षेत्र सुनसान छ । सिनेमा हलको गेटमा ताल्चा झुण्डिएको छ । निर्माण सम्पन्न भएका फिल्म कम्प्यूटरको हार्ड डिस्कमा थन्किएका छन् । निर्माणको तयारीमा रहेका फिल्म सरकारको अनुमति कुरेर बसेका छन् । सरकारले फिल्म क्षेत्रमा लगाएको प्रतिबन्ध फुकुवा नगर्दा फिल्म क्षेत्र अब कसरी अगाडि बढ्ला भन्ने अन्योलको स्थिति छ ।

दिन प्रतिदिन भयावह रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण एकपछि अर्का नेपाली फिल्मकर्मीमा देखिरहेको अवस्थामा फिल्म निर्देशक तथा कलाकार अशोक शर्मालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । दशैं मनाएर जन्मथलो झापाबाट काठमाडौं फर्किने क्रममा सतर्कताका लागि पिसिआर परीक्षण गराउँदा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।



