Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपिकाले छाडिन् ‘कृष्ण लीला’, भित्रिइन् श्रद्धा

फिल्मीखबर, काठमाण्डौ, 2020/11/04
 
दीपक ओलीको निर्देशनमा बन्न लागेको फिल्म ‘कृष्ण लीला’ मा अभिनेत्री परिवर्तन भएको छ । ‘लीला’ को भूमिकामा अनुबन्ध भएकी अभिनेत्री दीपिका प्रसाईंले स्वास्थ्यको कारण देखाउँदै फिल्मबाट हात झिकेपछि उनको ठाउँमा श्रद्धा क्षेत्री भित्रिएकी छन् । थाइराट र माइग्रेसनको समस्याले पीडित भएका कारण दीपिकाले फिल्म गर्न नसकेको निर्माता रत्न श्रेष्ठले जानकारी दिए । 
 
फिल्ममा दीपिकाको ठाउँमा भित्रिएकी श्रद्धा क्षेत्री लामो समयदेखि मुम्बईमा बसेर मोडलिङ गर्दै आएकी छन् । यो उनको डेब्यू फिल्म भने होइन । यसअघि उनले अभिनेता पल शाहसँग फिल्म ‘हृदयभरी’ मा काम गरेकी छन् । यो फिल्म प्रदर्शनको पखाईमा छ । ‘कृष्ण लीला’ मा भने उनले अभिनेता पुष्प खड्कासँग रोमान्स गर्नेछिन् । यो फिल्मलाई लिएर उनी निकै उत्साहित छिन् । 
 
प्रेमकथामा आधारित हुने फिल्ममा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको फिल्मको छायाँकन मंसिर १५ गतेबाट सुरु हुनेछ । फिल्मका प्रस्तुतकर्तामा रोहित कट्टेल हुन् । अर्जुन पोखरेलको संगीत रहने फिल्मलाई शिव ढकालले खिच्नेछन् ।
 
‘कृष्ण लीला’ मा पुष्पलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने निर्देशक ओलीको भनाई छ । पुष्प पनि यो फिल्ममा आफूले अघिल्ला फिल्ममा निर्वाह गरेका भूमिकाभन्दा फरक रहेको बताउँछन् । उनी भन्छन्, ‘फिल्ममा मेरो भूमिका चुनौतीपूर्ण छ । मैले गर्न खोजेको भूमिका पनि यस्तै हो । ममाथि निर्माण टिमले जुन विश्वास गरेको छ त्यसमा खरो उत्रने प्रयास गर्नेछु ।’ 
Most Visited News (monthly)