Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

कोरोनाका लागि म मिठो कवाफ : मदनकृष्ण श्रेष्ठ

फिल्मीखबर, काठमाण्डौ, 2020/11/03
 
नेपालमा ‘मित्रता’ को कुरा गर्दा हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई उदाहरणका रुपमा लिइन्छ । कलाकारिताको लामो यात्रा एकसाथ तय गरेका उनीहरुको व्यक्तिगत र व्यावसायिक सम्बन्धमा आजसम्म दरार आएको छैन । चार दशकदेखि एकअर्काका पर्याय बनेका उनीहरुले कयैन् हास्यसिरियलसँगै नेपाली फिल्ममा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन् ।
 
प्रायः सार्वजनिक कार्यक्रममा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ एकसाथ पुग्ने गरेका हुन्छन् । दुवै तर्फको पारिवारिक भेटघाटमा पनि उनीहरु छुट्दैनन् । असोजमा हरिवंश आचार्यलाई कोरोना पुष्टि भएपछि मदनकृष्ण श्रेष्ठ उच्च जोखिम थिए । हरिवंशलाई पनि आफ्नोभन्दा मदनकृष्णको चिन्ता थियो । किनकि, दुई दिनअघि उनीहरुले एकसाथ सुटिङ र एउटै गाडीमा यात्रा गरेका थिए ।
 
तर, हरिवंश आचार्य दाम्पतीलाई कोरोना संक्रमण पुष्टि भए पनि मदनकृष्णलाई कोरोनाको संक्रमण देखिएन । लामो समयदेखि पार्किन्सन, प्रेसर, प्रोस्टेटको औषधी सेवन गरिरहेका मदनकृष्णले कोरोनाको लागि हरिवंश हड्डी बराबर भए पनि आफू मिठो कवाफ बराबर रहेको बताएका छन् । मास्क प्रयोगले मात्र पनि धेरै हदसम्म कोरोनाको संक्रमणबाट बचाउने उनी बताउँछन् । 
 
मंगलवार फेसबुकमा हरिवंश आचार्यसँगको एक तस्विर पोस्ट गर्दै मदनकृष्णले लेखेका छन्, ‘कामका बेला हामीले स्यानिटाइजर दलेका थियौं, सोसल डिस्टेन्समा होस् पुर्‍याएकै थियौं । तर, एउटै गाडी चढ्दा भने डिस्टेन्स खासै मेन्टेन हुन सकिरहेको थिएन । तर पनि रिपोर्ट कसरी नेगेटिभ भयो होला भनेर सोच्दा गाडीमा चढेदेखि हामीले मास्क एक सेकेण्ड पनि उतारेका थिएनौं ।’
 

 
कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका सामाग्री प्रयोग गर्न सुझाव दिँदै उनले अगाडि लेखेका छन्, ‘त्यसपछि लाग्यो मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउन मद्दत पुर्‍याउँदो रहेछ जस्तो लाग्यो । त्यसैले साबुन पानी, स्यानिटाइजर र सामाजिक दूरीका साथै मास्क लगउन विषेश ध्यान दिनुहोला है ।’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अहिले नयाँ फिल्म निर्माणको तयारीमा छन् ।
Most Visited News (monthly)