Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7417 - 7422 of 23773
फिल्मीखबर, काठमाण्डौ, 2020-12-09, बुधवार

मंसिर महिना सुरु भएपछि अविवाहित अभिनेता तथा अभिनेत्रीले मिडिया र आफन्तबाट सामना गर्ने एउटै प्रश्न हो- ‘विवाह कहिले गर्ने ?’ अभिनेत्री वर्षा सिवाकोटीले पनि यो प्रश्न हरेक वर्ष झेल्दै आएकी छन् । फिल्म क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएकी उनले अबको दुई वर्षभित्र विवाह गर्ने भएकी छन् । उनले सविनजंग थापासँगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी हुन् । 

मञ्जु गैरे, काठमाडौं, 2020-12-09, बुधवार

अभिनेत्री अदिती बुढाथोकी तीन वर्षदेखि काँचको पर्दामा देखिएकी छैनन् । फिल्म ‘कृ’ बाट अभिनय करिअर सुरु गरेकी उनी यसपछि मुम्बई फर्किएकी थिइन् । लामो समयदेखि भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनले दर्जन बढी हिन्दी र पञ्जाबी गीतमा अभिनय गरिसकेकी छन् । गएको महिना उनी अभिनीत ‘तु मेरा नही’ गीत सार्वजनिक भएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2020-12-08, मंगलवार

नेपाली फिल्ममा प्रवेश गर्न चाहनेहरुका लागि राम्रो अवसर आएको छ । दिनेश राउतको निर्देशनमा अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘प्रकाश’ का लागि अडिसनबाट कलाकार छनोट गरिने भएको छ । यही डिसेम्बर १५ देखि १७ तारिखसम्म अस्कर कलेज, सुकेधारमा आयोजना हुने लागेको अडिसनबाट मुख्य अभिनेत्रीसहित अन्य कलाकार छानिनेछ ।

फिल्मीखबर, काठमाडौं, 2020-12-08, मंगलवार

हलिउड/बलिउड जस्ता ठूला फिल्म उद्योगका कलाकारहरुले आफ्नो सहयोगका लागि म्यानेजर राख्ने गरेका छन् । सामाजिक सञ्जाल चलाउन, निर्माता/निर्देशकसँग फिल्मको विषयमा कुराकानी गर्न, पारिश्रमिक मिलाउन, समय व्यवस्थापन लगायतका कामका लागि उनीहरुले म्यानेजर नियुक्ति गरेका हुन्छन् । आफ्नो सुरक्षाका लागि उनीहरुले बडिगार्ड समेत राख्ने गरेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2020-12-08, मंगलवार

श्रीमानको निधन भएपछि महिलाले जीवनभर विधवा भएर बस्नुपर्ने रुढीबादी सोच नेपाली समाजमा विद्यमान छ । एकल महिलाको पुनर्विवाहलाई समाजले नकारात्मक दृष्टि हेर्ने गरेको छ । तर, श्रीमतीको निधन भएको एक महिनामा नै पुरुषले दोस्रो विवाह गर्दा समाजले कुनै प्रश्न उठाउँदैन । पछिल्लो समय भने एकल महिलाले पतिको मृत्युपश्चात दोस्रो विवाह गरेका उदाहरण धेरै छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-08, मंगलवार

सोमवार धनगडीका विजयन्द्र सिंह रावतसँग लगनगाँठो कसेकी अभिनेत्री श्वेता खड्काले एकल महिलाको सशक्तिकरणमा काम गर्ने सोच रहेको बताएकी छन् । यसका लागि आफू प्रयासरत रहेको पनि उनको भनाई छ । सोमवार साँझ सामाजिक सञ्जाल फेसबुकमा विवाहका तस्विरहरु साझेदार गर्दै उनले एकल महिलाको सशक्तिकरणमा आफूले काम गर्न चाहेको बताएकी हुन् । 

Results : 7417 - 7422 of 23773
Most Visited News (monthly)