
कोरोनाको संक्रमण रोकथामका लागि सरकारले सबैभन्दा अगाडि सिनेमा हल सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । यसको केही दिनमा सिंगो देश लकडाउन भयो । यसपछि फिल्म निर्माण पनि रोकियो । दशैंदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन भइरहेका छन् । तर, आठ महिनादेखि बन्द रहेका सिनेमा हल खोल्न सरकारले कुनै चासो देखाएको छैन ।

२०७५ र २०७६ सालको ‘हरितारा चलचित्र पुरस्कार’ घोषणा गरिएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा बुधवार बसेको बैठकले २०७५ सालको पुरस्कार अभिनेता कृष्ण मल्ल र नाट्यकर्मी मदनदास श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, २०७६ सालको हरितारा चलचित्र पुरस्कार गीतकार सहदेव ढुंगानालाई प्रदान गरिने भएको छ ।

कोरोना भाइरसका कारण विगत ९ महिनादेखि सिनेमा हल बन्द छन् । सरकारले लकडाउनभन्दा अगाडि नै सिनेमा हल सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । तर, अहिले भीडभाड हुने प्रायः सबै क्षेत्र खुलिसक्दा पनि फिल्म क्षेत्रका गतिविधि सुचारु हुन सकेका छैनन् । जसले गर्दा फिल्मकर्मीमा निराशा छाएको छ । अब फिल्म सम्बद्ध संघ-संस्थाहरु आन्दोलनमा नै उत्रने तयारीमा छन् ।

बैबाहिक जीवनमा बाँधिएपछि अभिनेत्रीको करिअरको आयू घट्छ भन्ने गरिन्छ । यसकारण पनि प्रायः अभिनेत्रीहरु विवाह गर्न हतार गर्दैनन् । विवाहपछि कति अभिनेत्री अभिनयबाटै टाढा भएका छन् । कति फिल्मविहीन बनेका छन् । एकाध अभिनेत्रीलाई मात्र विवाह फापेको छ । स्वस्तिमा खड्का, झरना थापा, करिश्मा मानन्धरलगायतका अभिनेत्री विवाहपछि नै चुम्किएका हुन् ।

एक महिना लामो अमेरिका बसाईपछि नेपाल फर्किएकी अभिनेत्री वर्षा सिवाकोटीले फिल्म ‘परदेशी २’ को छायांकन सुरु गरेकी छन् । बिहीवारबाट उनले फिल्मको सुटिङ सेट ज्वाइन गरेकी हुन् । मंसिर ११ गतेदेखि फिल्मको पाल्पाबाट छायांकन सुरु भएको थियो । पाल्पाको छायांकन सकेर निर्माण टिम बुधवार चितवन फर्किएको छ । पाल्पामा भएको छायांकनमा वर्षाको सिन थिएन ।

साउथ फिल्मका सुपरस्टार रजनीकान्त चाँडै राजनीतिमा होमिने तयारीमा छन् । उनले एक ट्विट गर्दै यही ३१ डिसेम्बरमा आफ्नो राजनीतिक पार्टी घोषणा गर्ने जानकारी दिएका छन् । गएको केही वर्ष अगाडिदेखि नै उनी राजनीतिमा आउने अड्कल काटिएको थियो । तर, अहिलेसम्म उनी अभिनयमा सक्रिय छन् । राजनीतिमा आएपछि उनले फिल्मबाट सन्यास लिनसक्ने चर्चा छ ।

