Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7411 - 7416 of 23773
एजेन्सी, मुम्बई, 2020-12-10, बिहिवार

बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्मको लिस्ट निकै लामो छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘दबंग ३’ पछि ‘राधे : योर मोस्ट वान्टेड भाई’ को छायाकनमा व्यस्त रहेका उनले नयाँ फिल्म ‘अन्तिम : द फाइनल ट्रुथ’ को पनि छायांकन सुरु गरेका छन् । महेश मान्जरेकरले फिल्मको निर्देशन गरिरहेका छन् । यसमा सलमानका ज्वाईं आयुष शर्माको पनि अभिनय छ । 

एजेन्सी, लण्डन, 2020-12-10, बिहिवार

पप स्टार निक जोनस आफ्नी श्रीमती एवं अभिनेत्री प्रियंका चोपडासँग हलिउड रोमान्टिक ड्रामा फिल्म ‘टेक्स्ट फर यू’ मा केमियो भूमिकामा देखिने भएका छन् । डेलीमेल डटकम डट यूकेको रिपोर्ट अनुसार, निक र प्रियंका लण्डनमा एक गाडीमा फिल्मको सुटिङ गर्दै देखिएका थिए । यो जोडी एक तनावपूर्ण दृश्यको सुटिङ गर्दै थिए । त्यसबेला प्रियंकाले अपशब्द पनि बोलेकी थिइन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-10, बिहिवार

निर्देशक विशाल भण्डारी नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन् । फिल्म ‘कोहलपुर एक्सप्रेस’ पछि कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सुरु गरेका उनले कोरोनाको महामारी सामान्य भएपछि आफ्नो निर्देशनमा फिल्म ‘कहानी तिम्रो मेरो’ बनाउन लागेका हुन् । फिल्मका लागि मुख्य भूमिकामा अभिनेत्री केकी अधिकारी र अभिनेता निराजन प्रधानलाई अनुबन्ध गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-12-10, बिहिवार

म्यूजिक भिडियो हुँदै नेपाली फिल्ममा फड्को मारेमा अभिनेता पुष्प खड्कालाई फिल्म ‘मंगलम’ ले लाइमलाइटमा ल्याएको थियो । यसमा उनले प्यारालाइसिस भएको युवकको भूमिकामा जीवन्त अभिनय गरेका थिए । यही कारण उनले राष्ट्रिय चलचित्र पुरस्कार समेत हात पारे । यो फिल्मपछि गिनेचुनेका ब्यानरको नजरमा परेका उनी पछिल्लो पटक फिल्म ‘मारुनी’ मा देखिएका थिए ।

फिल्मीखबर, मुम्बई, 2020-12-09, बुधवार

बलिउड अभिनेता आमिर खान अभिनीत बहुप्रतिक्षीत फिल्म ‘लाल सिंह चड्ढा’ को अहिले छायांकन भइरहेको छ । फिल्ममा साउथ सुपरस्टार विजय सेतुपतिको पनि अभिनय रहने बताइएको थियो । विजय स्वयंले यो कुराको पुष्टि गरेका थिए । तर, अब उनलाई फिल्मबाट निकालिएको भारतीय मिडियाले बताएका छन् । फिल्ममा उनी आमिर खानको साथीको भूमिकामा देखिँदै थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-09, बुधवार

काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १८ औं संस्करण भर्चुअलमार्फत आयोजना हुने भएको छ । मंसिर २५ गतेदेखि सुरु हुन लागेको महोत्सव चार दिनसम्म चल्नेछ । मंसिर २९ गते समापन हुने महोत्सवमा यसपटक १५ देशका १८ फिल्म प्रदर्शन हुनेछन् । त्यस्तै, ‘नेपाल पानोरामा अन्तर्गत १३ कथानक र डकुमेन्ट्री देखाइने आयोजक संस्थाले बताएको छ ।

Results : 7411 - 7416 of 23773
Most Visited News (monthly)