Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7435 - 7440 of 23773
फिल्मीखबर, काठमाण्डौ, 2020-12-03, बिहिवार

कुनै पनि फिल्म, म्यूजिक भिडियो वा विज्ञापन पूर्ण भएर दर्शकसम्म पुग्न सम्पादकको भूमिका महत्त्वपूर्ण हुन्छ । निर्देशकको निर्देशनमा छायांकारले खिचेर ल्याएका दृश्यलाई सही तरिकाले मिलाउने काम सम्पादकको हो । यही सम्पादनको कर्ममा दुई दशक विताइसकेका भरत रेग्मी नेपाली फिल्म र म्यूजिक भिडियोको दुनियाँमा पछिल्लो समय धेरैको रोजाइमा परेका सम्पादक हुन् ।

फिल्मीखबर, काठमाडौं, 2020-12-03, बिहिवार
कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले सबैभन्दा अगाडि सिनेमा हल बन्द गरेको थियो । गत वर्षको चैत पहिलो साताबाट लकडाउन भएपछि अन्य क्षेत्र पनि बन्द भए । तर, अहिले फिल्म क्षेत्रबाहेक भीडभाड हुने प्रायः सबै क्षेत्र खुलिसकेका छन् । आठ महिनादेखि सिनेमा हललगायत फिल्म सम्बन्धि गतिविधि ठप्प हुँदा फिल्म क्षेत्रले अर्बौंको घाटा बेहोरिसकेको छ । 
 
फिल्मीखबर, काठमाडौं, 2020-12-03, बिहिवार

अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले यही मंसिर २२ गते काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टमा धनगडीका विजयेन्द्र सिंह रावतसँग लगनगाँठो कस्न लागेकी हुन् । बुधवार श्वेता र विजयेन्द्रको विवाहको कार्ड सार्वजनिक भएपछि उनीहरु विवाह बन्धनमा बाँधिन लागेको पुष्टि भएको हो । श्वेता स्वयंले आफूले मंसिर २२ गते बिहे गर्न लागेको बताएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2020-12-02, बुधवार

अभिनेत्री रेश्मा घिमिरेले इन्गेजमेन्ट गरेकी छन् । बुधवार विराटनगरको एक होटलमा उनले प्रभात बासुसँग औंठी साटेकी हुन् । इन्गेजमेन्ट समारोहमा दुवै पक्षका परिवारको उपस्थिति रहेको थियो । अमेरिकामा बस्दै आएका प्रभातसँग रेश्मा लामो समयदेखि प्रेम सम्बन्धमा थिइन् । प्रभात पेशाले चिकित्सक हुन् भने रेश्मा पनि नर्स हुन् । उनीहरुको विवाहको मिति भने तय भएको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-02, बुधवार

कोरोना भाइरसका कारण सबैभन्दा अगाडि बन्द भएको क्षेत्र हो, फिल्म क्षेत्र । सरकारले संक्रमण फैलिन नदिन लकडाउनभन्दा अगाडि नै सिनेमा हल, फिल्म प्रदर्शन र निर्माणमा प्रतिबन्ध लगाएको थियो । लकडाउन भएपछि अरु क्षेत्रहरु पनि बन्द भए । तर, अहिले भीडभाड हुने अन्य क्षेत्रलाई सरकारले सञ्चालनको अनुमति दिइसकेको छ । फिल्म क्षेत्रमाथिको प्रतिबन्ध भने हटेको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-02, बुधवार

‘प्रेमगीत’ सिरिजको एउटा विशेषता भनेको गीत-संगीत पनि हो । यो फिल्मका दुई सिरिज गीतकै कारण चर्चामा थिए । ‘प्रेमगीत’ को ‘मैले सोचेको जस्तै, म यस्तो गीत गाउँछु, म त अलपत्रै’ गीत निकै चर्चित भएका थिए भने दोस्रो सिरिजको ‘कहानी यो प्रेम गीतको, मोटरसाइकलमा, विस्तारै विस्तारै’ गीत पनि उतिक्कै रुचाइएको थियो । अहिले ‘प्रेमगीत ३’ को ‘हर युग’ गीत चर्चामा छ ।

Results : 7435 - 7440 of 23773
Most Visited News (monthly)