Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एकल महिलाको सशक्तिकरणमा काम गर्ने सोचमा श्वेता

फिल्मीखबर, काठमाण्डौ, 2020/12/08
 
सोमवार धनगडीका विजयन्द्र सिंह रावतसँग लगनगाँठो कसेकी अभिनेत्री श्वेता खड्काले एकल महिलाको सशक्तिकरणमा काम गर्ने सोच रहेको बताएकी छन् । यसका लागि आफू प्रयासरत रहेको पनि उनको भनाई छ । सोमवार साँझ सामाजिक सञ्जाल फेसबुकमा विवाहका तस्विरहरु साझेदार गर्दै उनले एकल महिलाको सशक्तिकरणमा आफूले काम गर्न चाहेको बताएकी हुन् । 
 
आफू विवाह बन्धनमा बाँधिएको जानकारी दिँदै उनले लेखेकी छन्, ‘मैले सिउँदोमा सिन्दुर भरेँ, हातमा सप्तरङ्गी चुरा लगाएँ अनि रङ्गिन पहिरनभित्र आफूलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालेँ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ ।’ उनले फिल्म क्षेत्रलाई आफ्नो शिरको सिन्दुर जस्तै उच्च स्थानमा पुर्‍याउने पनि बताएकी छन् ।
 
‘निर्माणाधिन माझिटोललाई आज सजिएको बिहेको मण्डपभन्दा पनि अझै सजाउनु छ । मैले थालेका व्यवसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ,’ श्वेता खड्काले अगाडि लेखेकी छन्, ‘आगामी दिनमा एकल महिलाको सशक्तिकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ ।  त्यसलाई साकार बनाउनको लागि म प्रयासरत रहनेछु ।’
 
सोमवार गोकर्ण फरेस्ट रिसोर्टमा विजयन्द्रसँग लगनगाँठो कसेकी श्वेताको यो दोस्रो विवाह हुन् । २०७१ साल असार २३ गते स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग उनको विवाह भएको थियो । तर, बैबाहिक जीवनमा बाँधिएको १ महिनामा श्रीकृष्णको उपचारको क्रममा २०७१ साल साउन २५ गते निधन भएको थियो । श्रीमानको निधनको ६ वर्षपछि श्वेताले दोस्रो विवाह गरेकी हुन् । 
 

Most Visited News (monthly)