Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोरोनाले फिल्म छायांकन नभएपछि मुम्बई फर्किइन् अदिती

मञ्जु गैरे, काठमाडौं, 2020/12/09
 
अभिनेत्री अदिती बुढाथोकी तीन वर्षदेखि काँचको पर्दामा देखिएकी छैनन् । फिल्म ‘कृ’ बाट अभिनय करिअर सुरु गरेकी उनी यसपछि मुम्बई फर्किएकी थिइन् । लामो समयदेखि भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनले दर्जन बढी हिन्दी र पञ्जाबी गीतमा अभिनय गरिसकेकी छन् । गएको महिना उनी अभिनीत ‘तु मेरा नही’ गीत सार्वजनिक भएको थियो ।
 
अदिती कोरोना महामारीको समयमा ‘कृ’ निर्देशक सुरेन्द्र पौडेलको नयाँ फिल्ममा काम गर्न नेपाल आएकी थिइन् । केही दिन उनले वर्कसप समेत गरिन् । तर, कोरोना संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन घोषणा गरेपछि फिल्मको छायांकन अनिश्चितकालका लागि रोकियो । अब स्थिति सामान्य भएपछि मात्र फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ ।
 
हालै एक अन्तर्वार्तामा अदितीले कोरोनाका कारण फिल्मको छायांकन २/३ महिना पछाडि सरेको जानकारी दिएकी थिइन् । फिल्मको छायांकन तत्काल नहुने भएपछि उनी बुधवार कर्मथलो मुम्बई फर्किएकी छन् । उनले आफ्नो आधिकारिक इन्स्टाग्राममा एक तस्विर साझेदार गर्दै ८ महिनापछि मुम्बई फर्किएको बताएकी छन् । उनले मुम्बईलाई आफ्नो दोस्रो घर भनेकी छन् । 
 
‘कृ’ पछि निर्देशनमा फर्किन लागेका सुरेन्द्रले नयाँ फिल्ममा अदितीको जोडी गायक नितेशजंग कुँवर र धिरज टोटलानीसँग बाँधेका छन् । धिरज, अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् । उनले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने फिल्मको नाम सार्वजनिक गरिएको छैन् । स्रोतका अनुसार, फिल्मको नाम ‘बाबरी क्याफे’ राखिएको छ ।
 
Most Visited News (monthly)