
मंसिर, लगनको महिना । यो महिनामा धेरैको लगनगाँठो बाँधिन्छ । यस वर्ष कोरोना भाइरसको जोखिमका कारण केही समस्या देखिएपनि मंसिरको प्रभाव कम छैन । लगनको महिनामा उमेर पुगेका छोरा-छोरीलाई परिवारबाट विवाहको लागि दबाब पनि हुन्छ । अविवाहित नेपाली सेलिब्रेटीहरुलाई पनि मंसिर महिना सुरु भएपछि परिवारबाट विवाहका लागि दबाब आउने गरेको छ ।

अभिनेता अनमोल केसीले फिल्म ‘ए मेरो हजुर ४’ का लागि समय दिएको एक वर्ष भइसकेको छ । कोरोना महामारीअघि उनले यही फिल्मको छायांकन गरिरहेका थिए । लकडाउनपछि फिल्मको छायांकन रोकियो । दशैंदेखि सुरु भएको फिल्मको छायांकन पुनः दुई महिनाका लागि रोकिएको छ । भीडभाडका दृश्य खिच्नु पर्ने भएकाले तत्काललाई फिल्मको छायांकन रोकिएको हो ।

बलिउडका दिग्गज अभिनेता दीलिप कुमार शुक्रवारबाट ९९ वर्षका भएका छन् । उनले आफ्नो करिअरमा कयौं उत्कृष्ट र सुपरहिट फिल्म दिएका छन् । ६० र ७० को दशकमा उनको क्रेज जबरजस्त थियो । उनको कामको चर्चा भारतसँगै हलिउडमा समेत हुने गर्थ्यो । उनलाई हलिउडको एक ठूलो फिल्ममा काम गर्ने अवसर पनि आएको थियो । तर, उनले यो अफर नकारे ।

नेपाली फिल्म क्षेत्रमा कलाकारको अभिनयको भन्दा पारिश्रमिकको चर्चा बढी हुने गरेको छ । दर्शकले कलाकारको पारिश्रमिकको विषयमा चासो राख्ने भएका कारण पनि सञ्चार माध्यमले यसलाई प्राथमिकता दिने गरेका छन् । पछिल्लो समय अनमोल केसी, प्रदीप खड्का, पल शाह, पूजा शर्मा, साम्राज्ञी आरएल शाहलगायतका कलाकारले आकर्षक पारिश्रमिक बुझ्ने गरेको चर्चा छ ।

कोरोनाको संक्रमण फैलने भयले सरकारले सबैभन्दा अगाडि सिनेमा हल सञ्चालनमा रोक लगाएको थियो । यसको केही दिनमा देश लकडाउन भएपछि अन्य क्षेत्र पनि बन्द भए । तर, अहिले भीडभाड हुने प्रायः सबै क्षेत्र खुलिसकेका छन् । फिल्म क्षेत्रमाथिको प्रतिबन्ध भने कायमै छ । ९ महिनादेखि फिल्म क्षेत्र ठप्प हुँदा यस क्षेत्रमा आश्रित फिल्मकर्मीहरु अन्य पेशा रोज्न बाध्य भएका छन् ।

‘कोहलपुर एक्सप्रेस’ फेम्ड निर्देशक विशाल भण्डारीको निर्देशनमा बन्न लागेको रोमान्टिक-कमेडी फिल्म ‘कहानी तिम्रो मेरो’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । कोरोना भाइरसको महामारी सामान्य भएपछि छायांकन सुरु हुने फिल्मको पोस्टरमा अभिनेत्री केकी अधिकारी र अभिनेता निराजन प्रधान फिचर छन् । उनीहरुलाई रोमान्टिक-कमेडी अवतारमा देख्न सकिन्छ ।

