Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रकाश’ मा को बन्ला प्रदीपको हिरोइन ?

फिल्मीखबर, काठमाडौं, 2020/12/08
 
नेपाली फिल्ममा प्रवेश गर्न चाहनेहरुका लागि राम्रो अवसर आएको छ । दिनेश राउतको निर्देशनमा अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘प्रकाश’ का लागि अडिसनबाट कलाकार छनोट गरिने भएको छ । यही डिसेम्बर १५ देखि १७ तारिखसम्म अस्कर कलेज, सुकेधारमा आयोजना हुने लागेको अडिसनबाट मुख्य अभिनेत्रीसहित अन्य कलाकार छानिनेछ ।
 
फिल्मका लागि मुख्य अभिनेत्रीमा १६ देखि १८ वर्षका युवती र नायकका लागि २० देखि २२ वर्षका युवकले अडिसन दिन सक्ने बताइएको छ । त्यस्तै, फिल्मका लागि चरित्र अभिनेता, चरित्र अभिनेत्री, सहायक कलाकार (पुरुष र महिला), बाल कलाकार, सहयोगी कलाकार (पुरुष र महिला) पनि खोजिएको छ । अडिसनबाट पात्र सुहाउँदो कलाकार भेटिनेमा निर्माण टिम विश्वस्त छ । 
 
‘प्रकाश’ का लागि कलाकार छनोट गर्ने जिम्मेवारी निर्माण टिमले कलाकार अनुप बरालको एक्टर्स स्टूडियोलाई सुम्पिएको छ । यो फिल्मका लागि प्रदीपले दशैंअघि कलाकार बरालसँग तीन महिना अभिनयको कोर्ष समेत लिएका थिए । म्यूजिक भिडियो निर्देशक विकास सुवेदीले लेखेको कथामा निर्माण हुन लागेको फिल्ममा प्रदीपले पहिलो पटक गाउँले यूवकको भूमिका निर्वाह गर्दैछन् । 
 
 
‘नोभेम्बर रेन, प्रसाद’ जस्ता सफल फिल्मका निर्देशक दिनेश राउतसँँग पहिलो पटक प्रदीपको टिमअप भएका कारण ‘प्रकाश’ लाई लिएर दर्शकमा उत्सुकता बढेको छ । वेनिश इन्टरटेन्मेन्टको प्रस्तुतिमा बन्न लागेको फिल्मले दुर्गम गाउँको एक यूवकको संघर्षको कथालाई प्रस्तुत गर्नेछ । लेखक सुवेदीले फिल्मको स्क्रिप्टलाई बलियो बनाउन कडा मेहनत गरिएको बताएका छन् ।
Most Visited News (monthly)