Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षाले दुई वर्षभित्र बिहे गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2020/12/09
 
मंसिर महिना सुरु भएपछि अविवाहित अभिनेता तथा अभिनेत्रीले मिडिया र आफन्तबाट सामना गर्ने एउटै प्रश्न हो- ‘विवाह कहिले गर्ने ?’ अभिनेत्री वर्षा सिवाकोटीले पनि यो प्रश्न हरेक वर्ष झेल्दै आएकी छन् । फिल्म क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएकी उनले अबको दुई वर्षभित्र विवाह गर्ने भएकी छन् । उनले सविनजंग थापासँगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी हुन् । 
 
गत वर्ष अमेरिका भ्रमणमा रहँदा उनी सविनको प्रेममा रहेको चर्चा चलेको थियो । तर, उनी यस विषयमा मौन थिइन् । यसपाली दशैंको टिका थापेर पारिवारिक भेटघाटका लागि अमेरिका जाँदा उनले सामाजिक सञ्जालको माध्यमबाट सविनसँगको प्रेम व्यक्त गरेकी हुन् । सविन र वर्षाको आफन्तको माध्यमबाट चिनजान भएको थियो । यसपछि उनीहरु एकअर्कासँग नजिक भएका थिए ।
 
लामो समयदेखि अमेरिकामा बस्दै आएका सविनलाई वर्षाले आफ्ना आफन्तसँग भेट गराइसकेकी छन् । सविनका परिवारसँग पनि एक महिनाको अमेरिका बसाईमा वर्षाले भेट गरेकी थिइन् । उनले तत्काल विवाह गर्ने सोच नभएको बताएकी छन् । तर, २ वर्षभित्र विवाह बन्धनमा बाँधिने तयारी रहेको उनको भनाई छ । विवाहपछि पनि आफूले फिल्म क्षेत्र नछाड्ने उनी बताउँछिन् ।
 
सविन आफ्नो कलाकारिता यात्राबाट खुसी रहेको उनको भनाई छ । फिल्म ‘नाईं नभन्नू ल २’ बाट अभिनय करिअर सुरु गरेकी वर्षा लकडाउनअघि फिल्म ‘परदेशी २’ को छायांकनमा व्यस्त थिइन् । अमेरिकाबाट फिरेपछि केही दिन यही फिल्मको छायांकन गरेकी उनले स्थिति सामान्य भएपछि फिल्म ‘सुदूर’ को छायांकन थाल्दैछिन् । उनको पाइपलाइनमा ‘गोर्खा वारियर’ पनि छ ।
Most Visited News (monthly)