Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आँचलले नियुक्त गरिन् म्यानेजर

फिल्मीखबर, काठमाडौं, 2020/12/08
 
हलिउड/बलिउड जस्ता ठूला फिल्म उद्योगका कलाकारहरुले आफ्नो सहयोगका लागि म्यानेजर राख्ने गरेका छन् । सामाजिक सञ्जाल चलाउन, निर्माता/निर्देशकसँग फिल्मको विषयमा कुराकानी गर्न, पारिश्रमिक मिलाउन, समय व्यवस्थापन लगायतका कामका लागि उनीहरुले म्यानेजर नियुक्ति गरेका हुन्छन् । आफ्नो सुरक्षाका लागि उनीहरुले बडिगार्ड समेत राख्ने गरेका छन् । 
 
तर, नेपाली कलाकारहरु एकाधले मात्र आफ्नो कामलाई सहज बनाउन म्यानेजर राखेका छन् । प्रायः लाई फिल्मको विषयमा कुराकानी गर्नेदेखि पारिश्रमिकसम्म आफैं मिलाउनु पर्ने बाध्यता छ । आम्दानी सीमित हुने भएकाले नेपाली फिल्मका कलाकारहरु म्यानेजर राख्ने आँट गर्दैनन् । पछिल्लो समय भने केही चल्तीका अभिनेता तथा अभिनेत्रीहरुले म्यानेजर नियुक्त गरेका छन् । 
 
बैबाहिक जीवनमा बाँधिनुभन्दा अगाडि म्यानेजरले गर्ने काम समेत आफैंले सम्हाल्दै आएकी अभिनेत्री आँचल शर्माले आफ्नो सहयोगका लागि म्यानेजर राखेकी छन् । उनले २ महिना अगाडि एक महिलालाई म्यानेजरको रुपमा नियुक्त गरेकी हुन् । अहिले आँचललाई अफर हुने फिल्मदेखि म्यूजिक भिडियोका मेकरसँग कुराकानी गर्न उनले म्यानेजरलाई पठाउने गरेको बुझिएको छ ।
 
गत वर्ष विवाह बन्धनमा बाँधिएकी आँचल शर्मा लकडाउनयता म्यूजिक भिडियोमा व्यस्त छिन् । उनी आफैं पनि फिल्म निर्माण गर्दैछिन् । विवाह गर्नुभन्दा अगाडि फिल्म ‘झिँँगेदाउ’ को छायांकन पूरा गरेकी उनले निर्देशक मिलन चाम्सको नयाँ फिल्म साइन गरेकी छन् । ‘नाईं नभन्नू ल ४’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनको पछिल्लो रिलिज फिल्म ‘दाल भात तरकारी’ हो । 
Most Visited News (monthly)