Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7387 - 7392 of 23774
फिल्मीखबर, काठमाडौं, 2020-12-17, बिहिवार

लगनको महिना भनेर चिनिने मंसिर महिनामा धेरैको लगनगाँठो कसिने गर्दछ । नेपाली सेलिब्रेटीहरुले पनि विवाहका लागि मंसिर महिना रोज्ने गरेका छन् । यसपालीको मंसिरमा अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिइन् । तर, गत वर्षको चैत पहिलो साता इन्गेजमेन्ट गरेकी ‘क्याप्टेन’ फेम्ड अभिनेत्री प्रियंका एमभीको भने कोरोनाका कारण दुलही बन्ने सपना पूरा हुन सकेको छैन ।

फिल्मीखबर, काठमाडौं, 2020-12-17, बिहिवार

अभिनेत्री तथा मोडल एलिजा गौतमले सामाजिक कार्यमा सक्रियता बढाउने भएकी छन् । फिल्म ‘अनुराग’ बाट अभिनेत्रीको रुपमा आफ्नो परिचय बनाएकी उनले सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनबाट दुर्गम र विकटका गरिब, असहायहरुका लागि घर निर्माण गर्ने भएकी छन् । बुधवार फेसबुकमा स्टाटस लेख्दै उनले यसबारेमा जानकारी गराएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-16, बुधवार

प्रसिद्ध हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तीन दशकभन्दा लामो समयदेखि अभिनयमा सक्रिय छन् । दर्जनौं हाँस्य शृंखलासँगै उनीहरुले नेपाली फिल्ममा पनि आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन् । फिल्म ‘बलिदान’ मा उनीहरुले गरेको अभिनयको आज पनि चर्चा हुने गरेको छ । मह जोडीले फिल्म निर्माणलाई पनि निरन्तरता दिँदै आएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-16, बुधवार

कोरोना भाइरस (कोभिड १९) का कारण फिल्म क्षेत्र ठप्प झैँ छ । विगत १० महिनादेखि देशभरका सिनेमा हल बन्द छन् । दशैंदेखि केही फिल्मको छायांकन सुरु भएपनि प्रायः निर्माता-निर्देशक स्थिति सामान्य नहुँदासम्म नयाँ फिल्म निर्माण गर्ने तयारीमा देखिएका छैनन् । कोरोनाको समयमा फिल्म निर्माण ठप्प हुँदा नेपाली फिल्ममेकरहरु वेब सिरिजतर्फ आकर्षित भएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2020-12-16, बुधवार

कोरोना भाइरसका कारण १० महिनादेखि बन्द रहेका सिनेमा हल खोल्न सरकार सकारात्मक रहेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् । अबको एक हप्ताभित्र सरकारले सिनेमा हल खोल्ने निर्णय गर्न सक्ने उनको विश्वास छ । चलचित्र विकास बोर्डको आग्रहमा सूचना तथा सूचना मन्त्रालयले सिनेमा हल खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको उनले बताए ।

Results : 7387 - 7392 of 23774
Most Visited News (monthly)