Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कहानी तिम्रो मेरो’ फर्स्टलुक : केकी र निराजनको यस्तो अवतार

फिल्मीखबर, काठमाण्डौ, 2020/12/11
 
‘कोहलपुर एक्सप्रेस’ फेम्ड निर्देशक विशाल भण्डारीको निर्देशनमा बन्न लागेको रोमान्टिक-कमेडी फिल्म ‘कहानी तिम्रो मेरो’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । कोरोना भाइरसको महामारी सामान्य भएपछि छायांकन सुरु हुने फिल्मको पोस्टरमा अभिनेत्री केकी अधिकारी र अभिनेता निराजन प्रधान फिचर छन् । उनीहरुलाई रोमान्टिक-कमेडी अवतारमा देख्न सकिन्छ । 
 
फिल्मको थिम बुझाउन खोजिएको पोस्टरमा एक व्यक्तिले केकीको पाखुरा समातेका छन् भने निराजनको पनि एक महिलाले पाखुरा समातेकी छन् । उनीहरु भने एकअर्कालाई चुम्बन गर्न तम्सिएको देख्न सकिन्छ । केही म्यूजिक भिडियोमा काम गरिसकेका केकी र निराजनले फिल्ममा भने पहिलो पटक स्क्रिन शेयर गर्न लागेका हुन् । यसकारण दुवै फिल्मलाई लिएर उत्साहित छन् ।
 
केकी अधिकारी प्रस्तुतकर्ता रहने फिल्मको निर्मातामा रुही सिंह भण्डारी र सह-निर्मातामा राजकुमार घिमिरे छन् । थ्री प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका लागि मुख्य भूमिकामा अन्य दुई कलाकारको पनि खोजी भइरहेको छ । यसमा अहिलेका चल्तीका कलाकारलाई नै लिने सोचमा निर्माण टिम छ । हाल फिल्मको स्क्रिप्टमा काम भइरहेको बताइएको छ । 
 
विशाल भण्डारी अहिले चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को दोस्रो  सिजनको तयारीमा छन् । यो सकिएसँगै उनले ‘कहानी तिम्रो मेरो’ को छायांकन सुरु गर्नेछन् । २०७८ सालको दशैंलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । विशाल र केकीको यसअघि फिल्म ‘कोहलपुर एक्सप्रेस’ मा सहकार्य भएको थियो । तर, यो फिल्मलाई चोरीको आरोप लागेको थियो ।
Most Visited News (monthly)