Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चिसो मान्छे’ मा स्वस्तिमाको पारिश्रमिक १८ लाख !

फिल्मीखबर, काठमाडौं, 2020/12/11
 
नेपाली फिल्म क्षेत्रमा कलाकारको अभिनयको भन्दा पारिश्रमिकको चर्चा बढी हुने गरेको छ । दर्शकले कलाकारको पारिश्रमिकको विषयमा चासो राख्ने भएका कारण पनि सञ्चार माध्यमले यसलाई प्राथमिकता दिने गरेका छन् । पछिल्लो समय अनमोल केसी, प्रदीप खड्का, पल शाह, पूजा शर्मा, साम्राज्ञी आरएल शाहलगायतका कलाकारले आकर्षक पारिश्रमिक बुझ्ने गरेको चर्चा छ । 
 
यसबीच, महंगो पारिश्रमिक बुझ्ने अभिनेत्रीको सूचीमा स्वस्तिमा खड्का पनि थपिएकी छन् । ‘बुलबुल’ पछि करिअरको उत्कर्षमा पुगेकी उनले ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको नयाँ फिल्म ‘चिसो मान्छे’ मा १८ लाख पारिश्रमिक बुझेको स्रोतले बताएको छ । यद्यपि, यसबारेमा निर्माण टिमले जानकारी दिएको छैन । बिहीवार उनले यो फिल्म साइन गरेकी हुन् ।
 
फिल्ममा स्वस्तिमाको भूमिका शक्तिशाली रहेको बुझिएको छ । कोभिड १९ को महामारी सामान्य भएपछि छायांकन सुरु हुने फिल्मले मानिसहरुमा देखिएको नैराश्यताको कथा भन्नेछ । दीपेन्द्रले लकडाउनकै समयमा यो फिल्मको स्क्रिप्ट तयार पारेका हुन् । उनी आफैंले फिल्म खिच्दैछन् । शर्मिला पाण्डेले निर्माण गर्ने फिल्मको छायांकन सुदूरपश्चिमका विभिन्न भेगमा हुने बताइएको छ ।
 
२०७८ साल भदौ ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा अभिनेता अर्पण थापाको पनि अभिनय रहने जानकारी प्राप्त छ । तर, यस विषयमा निर्माण टिमले मुख खोलेको छैन । ‘चिसो मान्छे’ मा पछिल्लो समय मानिसहरु कसरी स्वार्थी भइरहेका छन् भन्ने कथा उठान गरिनेछ । निर्देशक खनाल र अभिनेत्री खड्काबीच यसअघि फिल्म ‘लभ लभ लभ’ मा सहकार्य भएको थियो ।
Most Visited News (monthly)