Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फेरि दुब्लाउँदै अनमोल

फिल्मीखबर, काठमाडौं, 2020/12/12
 
अभिनेता अनमोल केसीले फिल्म ‘ए मेरो हजुर ४’ का लागि समय दिएको एक वर्ष भइसकेको छ । कोरोना महामारीअघि उनले यही फिल्मको छायांकन गरिरहेका थिए । लकडाउनपछि फिल्मको छायांकन रोकियो । दशैंदेखि सुरु भएको फिल्मको छायांकन पुनः दुई महिनाका लागि रोकिएको छ । भीडभाडका दृश्य खिच्नु पर्ने भएकाले तत्काललाई फिल्मको छायांकन रोकिएको हो ।
 
निर्माता सुनिल कुमार थापाले दुई महिनापछि फिल्मको बाँकी छायांकन सुरु हुने बताएका छन् । उनका अनुसार, अब अस्पताल र विमानस्थलका केही दृश्य र दुई गीत खिच्न बाँकी छ । फिल्ममा अनमोल तीनवटा गेटअपमा प्रस्तुत हुँदैछन्, जसमध्ये दुईवटा गेटअपको छायांकन पूरा भइसकेको छ । एउटा गेटअपको छायांकनका लागि भने उनले १० केजी तौल घटाउनु पर्ने भएको छ ।
 
फिल्ममा अनमोल गम्भीर विरामी भएको देखिनुपर्ने दृश्य भएकाले उनले तौल घटाउनुपर्ने निर्माता थापाले बताए । यसकारण पनि दुई महिनाका लागि फिल्मको छायांकन रोकिएको उनको भनाई छ । आफ्नो भूमिकालाई न्याय गर्न अहिले अनमोलले तौल घटाउन खान–पानमा विशेष ध्यान दिइरहेका छन् । यसअघि फिल्म ‘क्याप्टेन’ मा पनि उनले १२ केजी तौल घटाएका थिए ।
 
‘ए मेरो हजुर ४’ मा अनमोलले दोस्रो पटक अभिनेत्री सुहाना थापासँग रोमान्स गरेका छन् । यो फिल्मको अघिल्लो सिरिजमा उनीहरुले एकसाथ काम गरेका थिए । झरना थापाको निर्देशनमा तयार भइरहेको फिल्ममा सलोन बस्नेतको पनि मुख्य भूमिका छ । फिल्मलाई यसै वर्षको दशैंमा प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी थियो । तर, कोरोनाका कारण त्यो सम्भव हुन सकेन ।
Most Visited News (monthly)