
प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्म ‘माया बस्छ कि के हो !’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच पोस्टरसँगै फिल्ममा समावेश एक रोमान्टिक गीत सार्वजनिक गरिएको हो । फर्स्टलुक पोस्टरमा फिल्मका प्रमुख अभिनेता सोनाल तामाङ र अभिनेत्री कस्मत निरौला फिचर छन् । पोस्टरले उनीहरुबीचको प्रेमभाव बोल्छ ।

कोरोनाका कारण ९ महिनादेखि फिल्म क्षेत्र बन्द छ । सरकारले अन्य क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि फिल्म सम्बन्धि गतिविधि सुचारु गर्ने विषयमा कुनै निर्णय गरेको थिएन । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले फिल्म छायांकन भने खुल्ला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले शर्तसहित छायांकन अनुमति दिएको सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले बताए ।

नेपाली फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्तलाई पछिल्लो समय भोजपुरी फिल्म निर्देशनमा भ्याइनभ्याइ छ । भोजपुरी स्टार दिनेशलाल यादव ‘निरहुवा’ अभिनीत फिल्म ‘निरहुवा चलल लण्डन’ व्यवसायिक रुपमा सफल भएपछि उनी भोजपुरीका ठूला स्टारको समेत रोजाइमा परेका छन् । उनले भोजपुरी फिल्ममा नेपाली कलाकार र प्रविधिकलाई पनि अवसर दिँदै आएका छन् ।

सिनेमा हलमा ताल्चा लागेको १० महिना भइसकेको छ । कोरोनाको उच्च जोखिममा पर्ने क्षेत्र भएकाले सरकारले लकडाउनभन्दा अगाडि नै सिनेमा हल सञ्चालनमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो । तर, केही महिनायता सिनेमा हलभन्दा पनि सुरक्षित मानिएका क्षेत्रलाई सरकारले सञ्चालनको अनुमति दिइसकेको छ । सिनेमा हलमाथिको प्रतिबन्ध भने फुकुवा हुन सकेको छैन ।

भर्खरै मात्र बैबाहिक बन्धनमा बाँधिएका सञ्चारकर्मी तथा निर्देशक सुरेश दर्पण पोख्ररेलले आफ्नो बिवाह भोज वृद्धाश्रममा मनाएका छन्। सुरेशले आफ्नी श्रीमती निशा कार्कीको साथमा पशुपती क्षेत्रमा रहेको 'समाज कल्याण केन्द्र' पुगेर करिब १४० जना वृद्ध बुवा-आमाहरुलाई खाना खुवाएका हुन्।

गत वर्षको चैत पहिलो साताबाट कोरोनाको संक्रमणबाट बच्न देश लकडाउन भएपछि फिल्म निर्माण, प्रदर्शन र वितरण पूर्ण रुपमा ठप्प भयो । दोस्रो पटकको बन्दाबन्दीपछि सरकारले भीडभाड हुने विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिएको छ । तर, फिल्म क्षेत्रमाथिको प्रतिबन्ध कायमै छ । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं फिल्मकर्मीहरु पलायन हुने अवस्थामा पुगेका छन् ।

