Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीलिप कुमारले छाडेका थिए अस्कार जितेको हलिउड फिल्म

फिल्मीखबर, काठमाडौं, 2020/12/11
 
बलिउडका दिग्गज अभिनेता दीलिप कुमार शुक्रवारबाट ९९ वर्षका भएका छन् । उनले आफ्नो करिअरमा कयौं उत्कृष्ट र सुपरहिट फिल्म दिएका छन् । ६० र ७० को दशकमा उनको क्रेज जबरजस्त थियो । उनको कामको चर्चा भारतसँगै हलिउडमा समेत हुने गर्थ्यो । उनलाई हलिउडको एक ठूलो फिल्ममा काम गर्ने अवसर पनि आएको थियो । तर, उनले यो अफर नकारे ।
 
त्यसबेला हलिउड निर्देशक डेविड लीनले दीलिप कुमारलाई आफ्नो नयाँ फिल्म ‘लरेन्स लफ अरेबिया’ मा प्रिन्स शेरीफ अलीको भूमिका अफर गरेका थिए । डेविडलाई भारतीय फिल्म राम्रो लाग्ने भएकाले उनी यो भूमिकामा भारतीय कलाकारलाई नै लिन चाहन्थे । उनले पहिलो प्रस्ताव दीलिपलाई राखेका थिए । तर, उनले अस्वीकार गरे । फिल्म सन् १९६२ मा प्रदर्शन भएको थियो ।
 
दीलिप कुमार कहिल्यै हलिउड फिल्मको प्रशंसक थिएनन् । न त उनलाई हलिउड फिल्ममा काम गर्ने सौख थियो । ‘लरेन्स लफ अरेबिया’ मा आफू फिट नहुने लागेपछि उनले काम गर्न अस्वीकार गरेका थिए । पछि यो भूमिकामा ओमार शरीफलाई लिइएको थियो र उनलाई यो फिल्मले हलिउडको ठूलो स्टार बनाएको थियो । सन् १९६२ मा फिल्मले ७ अस्कार अवार्ड जितेको थियो ।
Most Visited News (monthly)