
एक समय सिल्भर स्क्रिनमा निकै जमेको जोडी हो- शिव श्रेष्ठ र करिश्मा मानन्धर । ‘मनकामना, ट्रक ड्राइभर, सपना’ लगायतका फिल्ममा एकसाथ काम गरेका उनीहरुको दोस्रो पुस्ताले समेत अभिनय रोजेको छ । शिवका छोरा शक्ति र करिश्माकी छोरी कविताले फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट अभिनयमा डेब्यू गर्दैछन् । यो फिल्म माघ १ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

बलिउड निर्माता करण जोहर धर्मा प्रोडक्सनलाई भारतको सबैभन्दा ठूलो प्रोडक्सन हाउस बनाउन लागिपरेका छन् । केही दिन अगाडि उनले कार्नरस्टोन ट्यालेन्स म्यानेजमेन्ट एजेन्सीसँग हात मिलाएका थिए । यसपछि लाइका प्रोडक्सनसँग पाँच फिल्मको सम्झौता गरेका उनले अब उद्योगपति गौतम अडानीको अडानी ग्रुपलाई धर्मा प्रोडक्सनको ३० प्रतिशत शेयर बेच्ने भएका छन् ।

मल्टीस्टारर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा बसन्त सापकोटाको संगीत, विश्व नेपाली र अस्मिता परियारको स्वर र सुष्मा रुपहाङ्ग राईको शब्द रहेको छ । प्रेमभाव बोल्ने गीतको भिडियोमा नव-अभिनेत्री कविता मानन्धर र नव-अभिनेता शक्ति श्रेष्ठ फिचर छन् ।




