
९ महिनादेखि बन्द रहेको सिनेमा हल पुष १० गतेबाट सञ्चालनमा आएका छन् । तर, निर्माताहरु नयाँ फिल्म प्रदर्शन गर्न तयार नहुँदा हल सञ्चालकहरु पुरानै फिल्म चलाउन बाध्य छन् । आउँदो माघे संक्रान्तिबाट भने सिनेमा हलमा दर्शकले नयाँ फिल्म हेर्न पाउने भएका छन् । शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ ।


कलाकार र निर्देशकबीच सुमधुर सम्बन्ध स्थापित भएको विरलै देख्न पाइन्छ । प्रायःको सुटिङ सेटबाटै सम्बन्धमा तिक्तता आएको हुन्छ । कतिको फिल्म रिलिजको समयमा सम्बन्ध विग्रिएको पाइन्छ । यद्यपि, रंगिन दुनियाँमा दश्मनी र मित्रता दिगो हुँदैन भन्ने गरिन्छ । वर्षौदेखिको दुश्मनी मित्रतामा परिणत भएका र घनिष्ट मित्रता दुश्मनीमा बदलिएका फिल्म क्षेत्रमा धेरै उदाहरण छन् ।

अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले पहिलो फिल्मबाटै आफूलाई युवापुस्ताको ठूलो समुहमा चिनाएकी छन् । फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनय करिअर सुरु गरेकी उनको यो फिल्ममा अभिनय, डाइलग डेलिभरी, एक्सप्रेसन, नृत्य र सुन्दरताको निकै प्रशंसा भएको थियो । आफ्नो शरीरमा ‘फिल्मी ब्लड’ रहेको उनले पहिलो फिल्मबाटै प्रमाणित गरेकी थिइन् ।

कोरोना महामारीका बीच सुपरस्टार सलमान खान स्टारर फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ महंगोमा विक्री भएको छ । जी स्टूडियोजले सेटेलाइट, थिएट्रिकल, डिजिटल र म्यूजिक राइट्स २ सय ३० करोडमा खरिद गरेको छ । कोभिडको समयमा यति महंगोमा विक्री भएको यो पहिलो फिल्म हो । योसँगै फिल्मको लगानी पनि सुरक्षित भएको भारतीय मिडियाले बताएका छन् ।

फिल्म ‘स्वर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी रीमा विश्वकर्मा पछिल्लो समय अभिनयभन्दा उद्घोषणमा बढी जमेकी छिन् । ‘नेपाल आइडल’ को दुई सिरिजमा उदघोषकको रुपमा काम गरेपछि दर्शकको ठूलो वर्गमा चिनिएकी उनी अहिले आफ्नै समुहले निर्माण गरेको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा आबद्ध छिन् । यसमा पनि उनी उद्घोषककै जिम्मेवारीमा छिन् ।

