
रंगमञ्च (नाटक) लाई अभिनयको प्रारम्भिक पाठशाला भन्ने गरिन्छ । नेपाली फिल्ममा स्थापित प्रायः कलाकार रंगमञ्चबाटै उदाएका छन् । पछिल्लो समय त रंगमञ्चबाट फिल्ममा प्रवेश कलाकारकै वर्चस्व छ । सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, कर्मा शाक्य, प्रवीण खतिवडा, बुद्धि तामाङ, विजय बराललगायत कलाकार रंगमञ्चबाटै फिल्ममा प्रवेश गरेका हुन् ।

अभिनेता यश स्टारर फिल्म ‘केजिएफ’ च्याप्टर २ को टिजर बिहीवार सार्वजनिक भएको छ । यशको ३५औं जन्मदिनको अवसरमा फिल्मको टिजर सार्वजनिक गरिएको हो । फिल्मको टिजरलाई दर्शकहरुले निकै रुचाएका छन् । २०१८ मा रिलिज भएको ‘केजिएफ’ ले बक्सअफिसमा २५० करोडभन्दा बढी कमाई गरेको थियो । अब दर्शकलाई यसको दोस्रो पार्टको प्रतिक्षा छ ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले सबैभन्दा अगाडि सिनेमा हल सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । जसका कारण करीब ९ महिना सिनेमा घरहरु बन्द भए । तर, सरकारले अन्य क्षेत्र खुल्ला गरेर सिनेमा हलमाथिको प्रतिबन्ध नहटाएपछि हल व्यवसायीहरुले पुष १० गतेबाट एकतर्फी रुपमा सिनेमा हलहरु खोलेका छन् । अहिले हलमा पुराना हिट फिल्महरु चलाइएको छ ।

‘लुट’ फेम्ड निर्माता माधव वाग्लेले गत वर्ष आफ्नो निर्माण र निर्देशनमा फिल्म ‘पारस : द अनलक्की म्यान’ बनाउने घोषणा गर्दै अभिनेताको प्रस्ताव अनमोल केसीलाई गरेका थिए । अनमोललाई स्क्रिप्ट मन परेपछि उनका पिता भुवन केसी र निर्माता वाग्लेबीच एक सहमति भयो । निर्देशनको कार्यभार निर्माता वाग्लेलाई सुम्पिएर फिल्म निर्माणको जिम्मेवारी अभिनेता केसी आफूले लिए ।

अविवाहित कलाकारले परिवार, प्रशंसक र मिडियाकर्मीबाट दिक्कै हुने गरी सामना गर्नुपर्ने एउटा प्रश्न हो- बिहे कहिले गर्ने ? अझ लगनको महिनामा त यो प्रश्नले हदै लखेट्छ । विवाहपछि काम नपाइने र करिअर सुस्ताउने डरले प्रायः कलाकार विवाह बन्धनमा बाँधिन हतार गर्दैनन् । कतिलाई भने यी कुराको प्रवाह हुँदैन । वर्षेनी कुनै न कुनै कलाकारले लगनगाँठो कसिरहेका हुन्छन् ।

अभिनयका बादशाह मानिने बलिउड कलाकार ओम पुरीको निधन भएको चार वर्ष भएको छ । उनको २०१७ जनवरी ६ मा मुम्बईमा निधन भएको थियो । भर्सटायल अभिनेता तथा पद्मभूषणबाट सम्मानित उनको जन्म १८ अक्टोबर १९५० मा पटियालामा भएको थियो । बलिउडसँगै हलिउड फिल्ममा समेत काम गरेका उनको पर्सनल लाइफ भने निकै कन्ट्रोभर्सियल रहेको थियो ।

