Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7327 - 7332 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-01-03, आईतवार
सिनेमाघरमा रिलीज भएको दिवंगत सुशांत सिंह राजपूतको अन्तिम फिल्म 'छिछोरे' हालै  ५१औं इन्टरनेशनल फिल्म फेस्टिवल अफ इण्डिया (IFFI) मा  स्क्रीनिंगको लागि चुनिएको छ । फिल्मको यो सफलतामा सुशांतकी को-एक्ट्रेस रहेकी श्रद्धा कपूर भावुक बनिन् । 
फिल्मीखबर, काठमाडौं, 2021-01-03, आईतवार
लामो समयको अन्तरालपछि निर्देशनमा फर्किन लागेका दीपक श्रेष्ठको नयाँ फिल्ममा अभिनेत्री एलिजा गौतमले अभिनय गर्ने भएकी छन् । उनले गत शुक्रबार सामाजिक संजालमा एक फोटो सार्वजनिक गर्दै आधिकारिक जानकारी गराएकी थिईन् ।
फिल्मीखबर, काठमाण्डौ, 2021-01-01, शुक्रवार

सन् २०१६ देखि नेपालमा ओटीटीको संस्कार बसाउन सुरु भएको ‘सिनेमा घर’ एप अब नयाँ संस्करणमा आएको छ । थ्री सिक्स्टी वन डिग्री मिडियाले विभिन्न नयाँ फिचरहरुको साथमा ‘सिनेमा घर’ को अपडेटेड भर्सन ‘सिनेमा घर गोल्ड’ सार्वजनिक गरेको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच यसको औपचारिक रुपमा सार्वजनिक गरिएको हो । 

फिल्मीखबर, काठमाडौं, 2021-01-01, शुक्रवार

कोरोना महामारीअघि सिनेमा हलमा प्रत्येक हप्ता नयाँ फिल्म टुट्दैन थिए । दुईभन्दा बढी फिल्म एकसाथ प्रदर्शनमा नआएको सम्भवतः कुनै हप्ता हुँदैन थियो । तर, कोभिडका कारण ९ महिना बन्द भएर पुष १० गतेबाट खुलेको सिनेमा हलमा नयाँ फिल्मको खडेरी लागेको छ । तत्काल निर्माताहरु नयाँ फिल्म प्रदर्शन गर्न तयार नहुँदा हल सञ्चालक पुरानै फिल्म चलाउन बाध्य छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-01-01, शुक्रवार

अभिनेता अनमोल केसी अभिनीत फिल्मबाट प्रायः नयाँ अनुहारले अभिनेत्री बन्ने अवसर पाउने गरेका छन् । प्रकृति श्रेष्ठ, आना शर्मा, सृष्टि श्रेष्ठ, साम्राज्ञी आरएल शाह, अदिती बुढाथोकी, उपासना सिंह ठकुरी र सुहाना थापा, उनी अभिनीत फिल्मले जन्माएका अभिनेत्री हुन् । उनको जोडी बनेका एकाधबाहेक प्रायः अभिनेत्रीले नेपाली फिल्ममा आफ्नो बलियो उपस्थिति जनाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-01-01, शुक्रवार

अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर भर्सटायल अभिनेत्रीको रुपमा परिचित ऋचा शर्माले नयाँ फिल्मको निर्माण घोषणा गरेकी छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै उनले ‘कौसीद’ नाममा फिल्म बनाउन लागेको जानकारी दिएकी हुन् । पोस्टर हेर्दा फिल्मले बैंकबाट ऋण लिने मानिसको कथा वाचन गर्ने अनुमान गर्न सकिन्छ । 

Results : 7327 - 7332 of 23775
Most Visited News (monthly)