Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘मनसँग मन’मा अतिथी भूमिकामा पल र पुजा

फिल्मीखबर, काठमाडौं, 2021/01/04
कोरोना महामारीको कारण भएको लकडाउन अगाडि नै छायांकन सुरु भएको फिल्म ‘मनसँग मन’को एक गीतको छायांकन काठमाण्डौमा गरिएको छ । बालाजु ल्याबमा सेट लगाएर ‘मेरो त भाग्य’ बोलको गीतको छायांकन गरिएको हो ।
 
गीतमा डेभिड शंकर र भावना राइको स्वर, दिपक शर्माको संगीत तथा विपिन किरणको शब्द छ । भिडियोमा फिल्मका मुख्य कलाकारहरु पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङलाई फिचरिङ गरिएको छ भने पल शाह र नायिका पूजा शर्माको साथमा हाँस्य कलाकार रविन्द्र झा अतिथीको रुपमा देखिदैछन् ।
 
 
सौरभ इन्टरटेन्मेन्ट र बालाली प्रोडक्शनको प्रस्तुतिमा तयार भैरहेको फिल्ममा कैलाश राइको निर्देशन र अरुण तामाङको लगानी छ  । सौरभ लामाले छायांकन गरिरहेका छन् भने अर्जुन जीसीको सम्पादन, सन्तोष खवासको एक्सन छ ।
 
अतिथी कलाकारको रुपमा काम गर्नुको कारण खुलाउँदै नायक पल शाहले भने–‘यो गीत पनि निकै राम्रो छ । साथमा, यतिबेला हामीले एक अर्कालाई सहयोग गर्ने बेला छ । यसैले पनि मैले काम गरेको हुँ । साथमा, चलचित्रको टिमसँग यसअघि पनि काम गरेकाले जोडिएको हुँ ।’ नायिका पूजा शर्माले पनि चलचित्रलाई केही मात्रामा भएपनि सहयोग पुगोस् भनेर आफू जोडिएको बताइन् ।
Most Visited News (monthly)