
कोरोनाका कारण सरकारले सिनेमा हल सञ्चालनमा लगाएको प्रतिबन्ध १० महिनापछि खुल्ला गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सिनेमा हल खुलाउने निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड अपनाएर सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिएको हो । केही दिनअघि सीसीएमसीले सिनेमा हललाई सञ्चालनको अनुमति दिन मन्त्रीपरिषद्लाई पत्र लेखेको थियो ।

अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण पहिलो पटक सिल्भर स्क्रिनमा एकसाथ देखिने भएका छन् । ‘वार’ फेम्ड निर्देशक सिद्धार्थ आनन्दको नयाँ फिल्म ‘फाइटर’ मा उनीहरुको जोडी बाँधिएको छ । आइतवार ऋतिकको जन्मदिनमा अवसरमा यो फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो । निर्देशक अनन्दले एक भिडियोमार्फत् फिल्मको घोषणा गरेका हुन् ।

अभिनेता अनमोल केसी शान्त स्वभावका छन् । आफ्नो बारे गलत हल्ला फैलिँदा समेत उनी त्यसको प्रतिकार गर्न हतारिँदैनन् । उनी आफूले अभिनय गरेको फिल्मको प्रचारभन्दा अगाडि मिडियामा पनि झुल्किँदैनन् । आफूलाई रिजर्भ राख्ने यही बानीकै कारण उनको छवि नेपाली फिल्म क्षेत्रमा अन्य कलाकारको भन्दा भिन्न छ । तर, सेलिब्रेटी भएपछि राम्रा/नराम्रा दुवैखाले चर्चा चल्ने गर्छ ।

अभिनेता राजेश हमाल म्यूजिक भिडियोलाई आफ्नो विधा मान्दैनन् । आफू फिल्मको कलाकार भएको र पहिलो प्राथमिकता फिल्मलाई दिने उनी बताउँछन् । तर, फिल्मका कलाकारले म्यूजिक भिडियो गर्नुलाई उनी नराम्रो भने मान्दैनन् । कलाकार भएपछि जुनसुकै माध्यमबाट पनि कला देखाउन सकिने उनको तर्क छ । उनी आफू पनि म्यूजिक भिडियो गरिरहेका हुन्छन् ।

पुष १० गतेबाट देशभरका सिनेमा हलहरु खुलेका छन् । तर, नयाँ फिल्म प्रदर्शन नभएका कारण हलमा दर्शकको उपस्थिति उत्साहजनक छैन । पुराना फिल्म हेर्न महंगो टिकट काटेर किन सिनेमा घर जाने भन्ने सोचाई दर्शकमा देखिएको छ । कोरोनाको भयका कारण पनि दर्शक सिनेमा हलमा जान डराएका छन् । यो समयमा घरमै बसेर यूट्युबमा फिल्म हेर्ने दर्शक बढेका छन् ।

कोरोनाका कारण धरासायी बनेको फिल्म क्षेत्रलाई गतिशिल बनाउन सबै पक्ष मिलेर जानुको विकल्प नभएको फिल्मकर्मीहरुले बताएका छन् । शुक्रवार चलचित्र पत्रकार संघ दाङ शाखाले आयोजना गरेको ‘चलचित्र क्षेत्रमा कोरोनाको प्रभाव र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले अब कम्तिमा हप्ता दिनमा मात्रै फिल्म रिलिज गर्न सुझाव दिएका छन् ।

