Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म हल खुलाउने सीसीएमसीको निर्णय, मन्त्रीपरिषदमा प्रस्ताव पठाईयो

फिल्मीखबर, काठमाडौं, 2021/01/03
कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय समिति (सीसीएमसी)को आइतबार बसेको बैठकले फिल्म हल खुल्ला गर्ने निर्णय गरेको छ । आवश्यक परेमा चलचित्र घरलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय भएको हो ।
 
बैठकका निर्णय सुनाउने क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको बताए । स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि उनले बताए ।
 
फिल्म हल संचालकहरुले पुस १० गतेदेखि एकपक्षीय रुपमा हल खुल्ला गरेका थिए ।
Most Visited News (monthly)