
दुई वर्षको ‘हरितारा चलचित्र पुरस्कार तथा दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ एकसाथ वितरण गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच २०७६ सालको हरितारा पुरस्कार कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई प्रदान गरियो भने २०७७ सालको सोही पुरस्कारबाट गीतकार सहदेव ढुंगानालाई सम्मान गरिएको छ । तीनैवटा सम्मानको राशी २५ हजार रुपैयाँ छ ।

कोरोनाका कारण करीब ९ महिना फिल्म क्षेत्र ठप्प भयो । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं फिल्मकर्मीहरु पलायन हुने अवस्थामा पुगेका थिए भने फिल्म क्षेत्रले अर्बौंको घाटा बेहोरेको छ । मंसिर अन्तिम सातादेखि सरकारले फिल्म छायांकन खुल्ला गरेपछि फिल्म क्षेत्रमा चहलपहल सुरु भएको छ । पुष १० गतेबाट हल व्यवसायीले एकतर्फी रुपमा सिनेमा हल पनि खोलेका छन् ।

नेपाली फिल्म क्षेत्रमा कलाकारको प्रेम र ब्रेकअपको खबर नौलो होइन । हप्ता वा महिनैपिच्छे कलाकारको प्रेम र ब्रेकअपको खबरले फिल्म क्षेत्र तात्ने गरेको छ । पछिल्लो समय अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीको प्रेम सम्बन्धको चर्चा चलिरहेको छ भने अर्कोतिर अभिनेत्री साम्राज्ञी आरएल शाहको देवांश राणासँगको ब्रेकअपको खबरले फिल्म क्षेत्र तातेको छ ।

अभिनेत्री ऋचा चड्ढा अभिनीत फिल्म ‘म्याडम चिफ मिनिस्टर’ को ट्रेलर सार्वजनिक भएको छ । सुभाष कपूर निर्देशित फिल्मको ट्रेलरमा राजनीतिक मैदानमा उत्रिएकी एक युवतीको कहानी देखाइएको छ । तीन मिनेटको ट्रेलरमा ऋचाको त्यो रुप देख्न पाइन्छ, जुन न पहिला कहिल्यै देखिएको थियो न त उनले आफ्नो करिअरमा यस्तो कुनै एक्सपेरिमेन्ट नै गर्ने कोशिश गरेकी थिइन् ।

म्यूजिक भिडियो हुँदै फिल्ममा फड्को मारेका अभिनेता हुन्, पल शाह र पुष्प खड्का । पलले फिल्म ‘नाईं नभन्नू ल ४’ बाट लिड अभिनेताको रुपमा ब्रेक पाएका थिए भने पुष्प पहिलो फिल्म ‘अझै पनि’ मा सहायक भूमिकामा थिए । पललाई डेब्यू फिल्मले नै रातरात स्टार बनाएको थियो । पुष्पको करिअरले भने गति लिन केही समय लाग्यो । फिल्म ‘मंगलम’ बाट उनी स्टार बनेका थिए ।

शहरिया युवापुस्तामा राम्रो फ्यान फलोइंग भएका अभिनेता प्रदीप खड्का र अभिनेत्री स्वस्तिमा खड्कालाई एकसाथ सिल्भर स्क्रिनमा हेर्न चाहने दर्शकको संख्या ठूलो छ । फिल्म ‘प्रेमगीत २’ को ‘मोटरसाइकलमा’ बोलको गीतमा पहिलो पटक स्क्रिन शेयर गरेका उनीहरुले केही कमर्शियल विज्ञापनमा पनि काम गरेका छन् । तर, फिल्ममा भने यो जोडीको सहकार्य हुन सकेको छैन ।

