Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

शिव र करिश्माको विग्रिएको हो सम्बन्ध ?

फिल्मीखबर, काठमाण्डौ, 2021/01/06
एक समय सिल्भर स्क्रिनमा निकै जमेको जोडी हो- शिव श्रेष्ठ र करिश्मा मानन्धर । ‘मनकामना, ट्रक ड्राइभर, सपना’ लगायतका फिल्ममा एकसाथ काम गरेका उनीहरुको दोस्रो पुस्ताले समेत अभिनय रोजेको छ । शिवका छोरा शक्ति र करिश्माकी छोरी कविताले फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट अभिनयमा डेब्यू गर्दैछन् । यो फिल्म माघ १ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । 
 
पहिला करिश्मा आफ्नै होम प्रोडक्सनबाट छोरीलाई अभिनेत्रीको रुपमा डेब्यू गर्ने योजनामा थिइन् । तर, शिव श्रेष्ठले आफूले निर्माण गर्ने फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट कवितालाई डेब्यू गराउन आग्रह गरेपछि करिश्मा पछाडि हटेकी थिइन् । यो फिल्ममा कविताको जोडी शक्तिसँग बाँधिएको छ । उनीहरु फिचर गीत समेत निर्माण टिमले सार्वजनिक गरिसकेको छ । 
 
 
करीब तीन वर्ष अगाडि यो फिल्मको निर्माण घोषणा गरिएको थियो । छायांकन सुरु भएपछि फिल्ममा शक्ति र कविताको प्रवेश भएको थियो । तर, विभिन्न कारणले फिल्मको छायांकन अधुरैमा रोकियो । यो फिल्मको अझै पनि पूरा छायांकन नभएको बताइन्छ । निर्माण टिमले आधा फिल्म प्रदर्शन गर्न लागिएको गाईंगुईं चर्चा छ । यद्यपि, यस विषयमा निर्माण टिम तै चुप मै चुपझैँ छ ।
 
केही समयअघि करिश्माले एक अन्तर्वार्तामा ‘एउटा यस्तो प्रेम कहानी’ रोकिएपछि कविताको अभिनयप्रति रुची मरेको आशय व्यक्त गरेकी थिइन् । छोरीको भविष्य अन्योल बनाएको भन्दै शिवसँग करिश्माको बोलचाल समेत बन्द भएको चर्चा छ । मंगलवार फिल्मको गीत सार्वजनिक कार्यक्रममा करिश्मा र कविता उपस्थिति नहुनुले पनि बजारको चर्चालाई थप बल मिलेको छ । 
 
अभिनेता श्रेष्ठले भने करिश्मासँग सम्बन्ध विग्रिएको कुरालाई अफवाह बताएका छन् । उनले करिश्मालाई नेपालको ‘ड्रिम गर्ल’ भनेका छन् । कथामा सुहाउने भएका कारण फिल्ममा शक्ति र कवितालाई लिएको पनि उनले स्पष्ट पारे । दिपेश सापकोटा निर्देशित फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, आयुष्मान देशराज जोशी लगायतको पनि अभिनय छ ।
Most Visited News (monthly)