Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ओम पुरी : दुई विवाह गरे, दुवै टिकेन

एजेन्सी, मुम्बई, 2021/01/07
 
अभिनयका बादशाह मानिने बलिउड कलाकार ओम पुरीको निधन भएको चार वर्ष भएको छ । उनको २०१७ जनवरी ६ मा मुम्बईमा निधन भएको थियो । भर्सटायल अभिनेता तथा पद्मभूषणबाट सम्मानित उनको जन्म १८ अक्टोबर १९५० मा पटियालामा भएको थियो । बलिउडसँगै हलिउड फिल्ममा समेत काम गरेका उनको पर्सनल लाइफ भने निकै कन्ट्रोभर्सियल रहेको थियो । 
 
दुई विवाह गरेको उनको पहिलो विवाह एक वर्ष पनि टिक्न सकेको थिएन । १९९० मा उनले सीमा कपूरसँग पहिलो विवाह गरेका थिए । विवाह गर्नुभन्दा अगाडि उनीहरु एकअर्कालाई ११ वर्षदेखि जान्दथे । सीमाले नै ओमलाई प्रपोज गरेकी थिइन् । त्यसबेला ओम अरु नै युवतीको प्रेममा थिए, यसकारण उनले सीमाको प्रपोज अस्वीकार गरेका थिए । तर, पछि उनैसँग ओमले विवाह गरे ।
 
विवाह गरेको एक वर्ष पनि नवित्दै ओम र सीमा एकअर्काबाट अलग भएका थिए । यसको केही महिनामा नै ओमले पत्रकार नन्दिता पुरीसँग विवाह गरेका थिए । कोलकतामा एक अन्तर्वार्ताको क्रममा नन्दितासँग ओमको पहिलो पटक भेट भएको थियो । यसपछि उनीहरु एकअर्कालाई डेट गर्न थालेका थिए । तर, नन्दितासँग पनि ओमको सन् २०१३ मा सम्बन्ध विक्षेद भएको थियो ।
 
ओम पुरीले आफ्नो करिअरको सुरुवात मराठी नाटकमा आधारित फिल्म ‘घासीराम कोतवाल’ बाट गरेका थिए । सन् १९८० मा प्रदर्शनमा आएको फिल्म ‘आक्रोश’ उनको करिअरको पहिलो सुपरहिट फिल्म हो । दुई सयभन्दा बढी भारतीय चलचित्रमा काम गरेका उनी ७० र ८० को दशकमा सबैभन्दा लोकप्रिय अभिनेता थिए । उनी अभिनीत अन्तिम फिल्म ‘घायल वन्स अगेन’ हो ।
Most Visited News (monthly)