Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7297 - 7302 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-01-12, मंगलवार

कुनै पनि कम्पनीले आफ्नो उत्पादनको प्रबद्र्धनका लागि नेपाली फिल्मका कलाकारलाई ब्रान्ड एम्बेस्डरमा रोज्ने गरेका छन् । तर, एक कम्पनीले भने फिल्म निर्देशकलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । निर्देशक तुलसी घिमिरेलाई सलाई डेस्टिनीले ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । सम्भवतः कुनै कम्पनीको ब्रान्ड एम्बसेडरमा फिल्म निर्देशक नियुक्त भएको यो पहिलो हो ।

फिल्मीखबर, मुम्बई, 2021-01-12, मंगलवार

धेरैका लागि मुम्बई सपनाको शहर हो । यहाँ लाखौंलाख आँखा सपनाकै खोजीमा पुग्छन् । धेरै नेपाली कलाकारहरु पनि बलिउडमा जम्ने सपनाको भारी बोकेर मुम्बई पुगेका छन् । तर, एकाधले मात्र त्यहाँ आफूलाई स्थापित गर्न सफल भए । प्रायः त संघर्षबाट थाकेर मुम्बईमा वर्ष दिन पनि टिक्न सकेनन् । कति अझै बलिउड प्रवेशको सपना बोकेर मुम्बईमा संघर्षरत छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-01-12, मंगलवार

कोरोनाको संक्रमणबाट बच्न ९ महिनादेखि बन्द रहेका सिनेमा घरहरु पुष १० गतेबाट खुलेका छन् । सरकारले सिनेमा हल खोल्न चासो नदेखाएपछि हल व्यवसायीहरुले एकतर्फी रुपमा सिनेमा हल खोल्ने घोषणा गरेका थिए । अन्ततः हल व्यवसायीको अडानका सामु सरकार पनि झुक्यो । आइतवार मन्त्रीपरिषदको बैठकले सिनेमा हल खोल्न कानुनी रुपमा अनुमति दिएको छ ।

एजेन्सी, अमेरिका, 2021-01-11, सोमवार

‘जुमान्जी’ सिरिज हलिउडको सबैभन्दा ठूलो बजेटको मेकिङ फ्रेन्चाइजमध्ये एक  हो । ड्वेन जोनसन (दि रक) को ‘जुमान्जी : वेलकम टू द जंगल’ र ‘जुमान्जी : द नेक्स्ट लेभल’ ले बक्सअफिसमा आक्रामक कमाई गरेको थियो । अब ‘जुमान्जी’ को चौथो पार्टको प्रतिक्षामा दर्शक छन् । निर्माताहरु यो फिल्मको तयारीमा समेत जुटेका छन् । ‘जुमान्जी ४’ को अफर ड्वेनलाई नै गरिएको छ ।

मनिष अन्जान, काठमाण्डौ, 2021-01-11, सोमवार

कोरोनाको संक्रमण रोकथामका लागि लकडाउन घोषणा हुनुभन्दा अगावै सरकारले सिनेमा हल सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । दुई चरणको बन्दाबन्दीपछि सरकारले भीडभाड हुने विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिएपनि सिनेमा हलमाथिको प्रतिबन्ध कायमै राखेको थियो । आइतवार मन्त्रीपरिषदको बैठकले १० महिनापछि सिनेमा हल खुलाउने निर्णय गरेको छ । 

फिल्मीखबर, काठमाडौं, 2021-01-11, सोमवार

फिल्म ‘लप्पन छप्पन २’ नेपालीसहित चार भाषामा रिलिज हुने भएको छ । आउँदो फागुन २७ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म नेपाली, हिन्दी, तमिल र भोजपुरी भाषामा रिलिज हुन लागेको हो । आइतवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै यसबारेमा जानकारी दिएको हो । फिल्मको मुम्बईमा हिन्दी, तमिल र भोजपुरी भाषामा डब गरिने निर्देशक मुकुन्द भट्टले बताए ।

Results : 7297 - 7302 of 23775
Most Visited News (monthly)