Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सञ्चार मन्त्रालयले बोर्डलाई भन्यो- ‘नयाँ फिल्मलाई सेन्सर अनुमति नदिनू’

फिल्मीखबर, काठमाडौं, 2021/01/08
 
कोरोना संक्रमण रोकथामका लागि सरकारले सबैभन्दा अगाडि सिनेमा हल सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । जसका कारण करीब ९ महिना सिनेमा घरहरु बन्द भए । तर, सरकारले अन्य क्षेत्र खुल्ला गरेर सिनेमा हलमाथिको प्रतिबन्ध नहटाएपछि हल व्यवसायीहरुले पुष १० गतेबाट एकतर्फी रुपमा सिनेमा हलहरु खोलेका छन् । अहिले हलमा पुराना हिट फिल्महरु चलाइएको छ ।
 
सीसीएमसीले सरकारलाई सिनेमा हल सञ्चालनको अनुमति दिन पत्र पठाए पनि मन्त्रीपरिषद्ले यस विषयमा कुनै निर्णय गरेको छैन । हल सञ्चालकहरु सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिनेमा आशावादी रहेको अवस्थामा सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डलाई सेन्सर अनुमति नदिन र हललाई बक्स अफिस कोर्ड उपलब्ध नगराउन निर्देशन दिएको छ । 
 
बोर्डले हल सञ्चालकहरुलाई बक्स अफिस कोर्ड उपलब्ध नगराए पनि नयाँ फिल्मको सेन्सर रोकेको छैन । जसकारण शुक्रवारबाट मल्टीप्लेक्समा नयाँ हलिउड फिल्म ‘मन्स्टर हन्टर’ रिलिज भएको छ । पुष १० गतेबाट प्रदर्शनरत दुई नेपाली फिल्म ‘आमा र सेन्टी भाइरस’ लाई तेस्रो हप्तामा पनि मल्टीप्लेक्सले सोज दिएका छन् । सिंगल स्क्रिनमा पनि यी दुई नेपाली फिल्म प्रदर्शनरत छन् ।
 
 
क्लब, यातायातलगायतका स्थानमा देखिएको भीडभाडले हल सञ्चालकलाई के विश्वास थियो भने सिनेमा हलमा पनि दर्शक आउँछन् । तर, तीन हप्तादेखि सिनेमा हलमा दर्शकको उपस्थिति पट्यारलाग्दो छ । नयाँ फिल्म प्रदर्शन भएपछि हलमा दर्शकको चाप बढ्ने धेरैको विश्वास छ । आउँदो माघ १ गतेबाट नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउने तयारीमा छ ।
Most Visited News (monthly)