Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माधव वाग्लेले छाडे ‘पारस’

फिल्मीखबर, काठमाण्डौ, 2021/01/08
 
‘लुट’ फेम्ड निर्माता माधव वाग्लेले गत वर्ष आफ्नो निर्माण र निर्देशनमा फिल्म ‘पारस : द अनलक्की म्यान’ बनाउने घोषणा गर्दै अभिनेताको प्रस्ताव अनमोल केसीलाई गरेका थिए । अनमोललाई स्क्रिप्ट मन परेपछि उनका पिता भुवन केसी र निर्माता वाग्लेबीच एक सहमति भयो । निर्देशनको कार्यभार निर्माता वाग्लेलाई सुम्पिएर फिल्म निर्माणको जिम्मेवारी अभिनेता केसी आफूले लिए ।
 
तर, अब यो फिल्मबाट निर्माता वाग्ले अलग भएका छन् । निर्माता भुवन केसीलाई फिल्मको सम्पूर्ण स्वामित्व सुम्पिएर उनी अलग भएका हुन् । फिल्मका लागि फाइनल गरिएको कथा भुवन केसी र उनको टिमले परिवर्तन गरेपछि आफू निर्देशकको जिम्मेवारीबाट अलग भएको वाग्लेले जानकारी दिएका छन् । कथा हेरफेर भएपछि आफूलाई चित्त नबुझेको उनको भनाई छ । 
 
उनले भने- ‘मैले लक गरेको कथालाई उनीहरुले पुरानै ढर्रामा ढालेपछि म ‘पारस’ बाट अलगिएको हुँ । प्रदीप भारद्धाजको स्क्रिप्टलाई मैले पटकथा र संवाद लेखेर लक गरेको थिएँ । त्यसमा उनीहरुले चलखेल गरेर कथा परिवर्तन गरेपछि मैले सहमतिमै छाडेको हुँ । अब म नयाँ फिल्मको तयारीमा छु ।’ फिल्मका लागि भएको आफ्नो खर्च लिएर अलग भएको उनले बताए ।
 
दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने ‘पारस’ लाई अब ‘झ्यानाकुटी’ फेम्ड निर्देशक सिमोस सुनवारले निर्देशन गर्नेछन् । अनमोल केसीको मुख्य भूमिका रहने फिल्मका लागि अभिनेत्रीमा आग्या करनजीत फाइनल भएको चर्चा छ । यद्यपि, यसबारेमा निर्माण टिमले जानकारी दिएको छैन । अनमोलले ‘ए मेरो हजुर ४’ को छायांकन पूरा गरेपछि यो फिल्मको छायांकन सुरु हुनेछ । 
Most Visited News (monthly)