Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

४ वर्षदेखि रक्कीको चरित्रमा बाँचेको छु : यश

एजेन्सी, मुम्बई, 2021/01/08
 
अभिनेता यश स्टारर फिल्म ‘केजिएफ’ च्याप्टर २ को टिजर बिहीवार सार्वजनिक भएको छ । यशको ३५औं जन्मदिनको अवसरमा फिल्मको टिजर सार्वजनिक गरिएको हो । फिल्मको टिजरलाई दर्शकहरुले निकै रुचाएका छन् । २०१८ मा रिलिज भएको ‘केजिएफ’ ले बक्सअफिसमा २५० करोडभन्दा बढी कमाई गरेको थियो । अब दर्शकलाई यसको दोस्रो पार्टको प्रतिक्षा छ । 
 
आफ्नो जन्मदिनको अवसरमा यशले आफू ४ वर्षदेखि रक्कीको चरित्रमा बाँचिरहेको बताएका छन् । उनले भनेका छन्, ‘म गएको चार वर्षदेखि यो चरित्रमा बाँचिरहेको छु । साँच्चै भन्ने हो भने मैले रक्कीको चरित्र बाँचेको छु । ‘केजिएफ’ च्याप्टर २ मा कयौं रोमाञ्चक र चुनौतीपूर्ण सिक्वेन्स छ । तर, त्यसमध्ये कुनै एक भन्न गाह्रो छ । यसको जवाफ फिल्म रिलिज भएपछि दिनेछु ।’ 
 
उनले अगाडि भनेका छन्, ‘पहिलो च्याप्टरमा रक्कीको व्यक्तित्व, उसको दुनियाँ र उभित्रको गलत कुरालाई कन्ट्रोल गर्नका लागि गरिएको कोशिश देखाइएको थियो । तर, यसपटक रक्कीको चरित्र विल्कुलै अलग हुनेछ । जसमा एक्सन र एक इमोशनल राइड हुनेछ, जुन दर्शकलाई मन पर्नेमा विश्वस्त छु ।’ ‘केजिएफ २’ मा यशसँगै सञ्जय दत्त र रवीना टंडनको पनि मुख्य भूमिका छ । 
 
टिजर हेर्नुहोस् :-
 

Most Visited News (monthly)