Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्ममा कहिले राजेश र नीताको जोडी ?

फिल्मीखबर, काठमाडौं, 2021/01/10
 
अभिनेता राजेश हमाल म्यूजिक भिडियोलाई आफ्नो विधा मान्दैनन् । आफू फिल्मको कलाकार भएको र पहिलो प्राथमिकता फिल्मलाई दिने उनी बताउँछन् । तर, फिल्मका कलाकारले म्यूजिक भिडियो गर्नुलाई उनी नराम्रो भने मान्दैनन् । कलाकार भएपछि जुनसुकै माध्यमबाट पनि कला देखाउन सकिने उनको तर्क छ । उनी आफू पनि म्यूजिक भिडियो गरिरहेका हुन्छन् ।
 
लकडाउनको समयमा त उनले रेकर्ड नै बनाए । अरु समयमा वर्षमा मुश्किलले एउटा म्यूजिक भिडियोमा काम गर्ने उनले लकडाउनयता एक दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेका छन् । तर, उनी अभिनीत म्यूजिक भिडियो खासै चलेका छैनन् । यद्यपि, उनको माग घटेको छैन । आफूभन्दा आधा उमेर कम मोडल तथा अभिनेत्रीसँग उनले भिडियोमा काम गरिरहेका छन् ।
 
यसबीच, उनी अभिनीत नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । लक्ष्मी आचार्य र कुलेन्द्र विश्वकर्माको स्वरमा रहेको ‘आफ्नै नाम मन पर्‍यो’ बोलको गीतमा राजेश हमालले अभिनेत्री नीता ढुंगानासँग स्क्रिन शेयर गरेका छन् । गीतले राजेश र नीताको प्रेमभाव बोल्छ । भिडियोमा उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । दर्शकहरुले पनि यी दुईको जोडी मन पराएका छन् ।
 
राजेश र नीताले यसअघि फिल्ममा समेत काम गरिसकेका छन् । फिल्म ‘किसान’ मा उनीहरुले अभिनय गरेका थिए । तर, यसमा उनीहरुले एकसाथ स्क्रिन शेयर गर्न भने पाएका थिएनन् । पहिलो पटक म्यूजिक भिडियोमा सँगै काम गरेपछि उनीहरुलाई फिल्ममा पनि हेर्ने दर्शकहरुले इच्छा व्यक्त गरेका छन् । म्यूजिक भिडियोमा झैँ फिल्ममा पनि यो संयोग कहिले जुर्ने हो कुन्नी !
 
गीत हेर्नुहोस् :-
 

Most Visited News (monthly)